कञ्चनपुर– लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कन्चनपुरले मंसिर ४ गते हुने संघीय निर्वाचन र प्रदेश सभाको निर्वाचनका लागि सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरेको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर- ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पत्रकार अम्बा दत्त तिवारीलाई सर्व सम्मत सिफारिस गरिएकाे छ ।
पार्टीको सोमबार बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ राम किसन राना प्रदेश सभा प्रत्यक्ष तर्फ (क) मा बुझौना चौधरी (ख) मा पार्वती रानालाई सिफारिस गरेको छ। निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ लोकराज भट्ट प्रदेश सभा प्रत्यक्ष तर्फ (क) जगन्नाथ केसी (ख) लक्ष्मी देवी डंगौरा लाइ सिफारिस गरेको छ ।
यश अघि बैशाखमा सम्पन्न स्थानिय तह सदस्य निर्वाचनमा भिमदत्त नगरपालिका- २ मा वडा अध्यक्षमा उम्मेदवार बनेका पत्रकार तिवारी क्षेत्र नम्बर- ३ बाट प्रतिनिधि सभा सदस्यमा मंसिर ४ मा हुने आम चुनावमा प्रत्यक्ष तर्फ पत्रकार समेत रहेका तिवारीलाइ सर्व सम्मत उम्मेदवारका रूपमा पार्टीले सिफारिस गरेको हाे।
समानुपातिक तर्फ खस आर्य कोटाबाट विमला पनेरु र आदिवासी जनजाति थारु कोटा बाट प्रेमवती रानालाई सर्व सम्मत सिफारिस गरेको छ।
त्यसैगरी प्रदेश सभा समानुपातिक तर्फ सान्ती चौधरी, सिवरानी राना, रामकृष्ण राना र खस आर्य मनिषा भट्ट रेग्मीलाई सिफारिस गरेको पार्टी प्रवक्ता अम्बा दत्त तिवारीले बताए। हाल प्रदेश सभामा प्रत्यक्ष निर्वाचित १ जना सांसद रहेका छन ।
रणनीतिक योजना सहित निर्वाचनमा सहभागी हुने प्रवक्ता तिवारीले बताए।

