नेपाल समाजवादी पार्टीले कञ्चनपुर-१ मा टुंग्यायाे उम्मेदवार सिफारिस, संघ प्रत्यक्षमा विष्ट सिफारिस

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- आगामि मंसिर ४ मा सम्पन्न हुने आम निर्वाचनका लागि नेपाल समाजवादि पार्टी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ मा संघ र प्रदेश सभा सदस्य तर्फ प्रत्यक्ष र समानुपातिक उम्मेदवारकाे सिफारिस टुंग्याएकाे छ ।

शनिबार कञ्चनपुर क्षेत्र नम्बर-१ मा बसेकाे पार्टीकाे भेलाले संघ र प्रदेश तर्फका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारकाे सिफारिस गरि टुंगो लगाएकाे हाे ।

नेपाल समाजवादी पार्टीले संघ तर्फ प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेदवारमा पार्टीका केन्द्रीय सदस्य एवं कञ्चनपुर ईन्चार्ज अमर सिंह विष्टलाई एकल सिफारिस गरेकाे छ ।

नेता विष्टलाई निर्विकल्प उम्मेदवारका रूपमा पार्टीले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ एलक रूपमा उम्मेदवारमा सिफारिस हुनु भएकाे नेपाल समाजवादि पार्टी कञ्चनपुरले जनाएकाे छ ।

कञ्चनपुर-१ प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फबाट आरती कुमारी राना, फुलसाेनर राना, सीता कार्कि गुरूङ, अनिता खत्री सिफारिस भएका छन ।

यस्तै प्रदेश `क´ तर्फ प्रत्यक्षमा बलराम राना थारू, रामकिसन रानाकाे नाम सिफारिस भएका छन् ।
समानुपातिक तर्फ सत्या देवि चापागाई, भागरथि राना, तामाङ पाख्रिन सिफारिस भएका छन् ।

यस्तै प्रदेश `ख´ तर्फ प्रत्यक्षमा मकर बहादुर थापाकाे नाम एकल सिफारिस भएकाे छ । भने समानुपातिक तर्फमा खुसिराम चाैधरी, राजेश चाैधरी, बिरेन्द्र राना र लक्ष्मि रानाकाे नाम पार्टीले सिफारिस गरेकाे केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज नेता विष्टले बताउनु भयाे ।

उनेले भने “पार्टीले सुदूरपश्चिम प्रदेशका सबै जसाे ठाउमा पार्टीले निर्वाचनका लागि उम्मेदवारकाे नाम सिफारिस गर्ने कार्य टुंग्याएकाे बताउदै पार्टीकम एजेन्डा सहित जनताकाे घर दैलाेमा जाने कार्यमा पार्टी लागेकाे बताए ।´´

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *