रमेश प्रसाद भट्ट/कञ्चनपुर– कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ बाट एमालेबाट प्रतिनिधि सदस्यका लागि तीन जानको नाम सिफारिस गरिएको छ ।
नेकपा एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले आइतबार तारालामा तामाङ्ग, खेम सुवेदी र बीर बहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिश गरेको नेकपा एमाले जिल्ला कमिटि सचिव पल्लवराज भट्टले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे।
एमाले विभाजनका बेला समाजवादीमा गएका उनी भदाै १५ गते पार्टी अध्यक्ष केपि शर्मा ओलिले टीका लगाएर महेन्द्रनगरमा पार्टी प्रवेश भएका हुन ।
०७४ को निर्वाचनमा उहाँ एमालेबाट निर्वाचन क्षेत्र नं. १ `क´ मा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । समाजवादिमा छदा आर्थिक मामिला मन्त्री समेत बनेका थिए ।
यस्तै खेम सुवेदी एमाले अखिल नेपाल किसान संघको नेतृत्व गर्दै आएका छन् । उहाँ सानै देखि एमाले राजनितिमा निकै लगनशिल भएर पार्टीमा सकृय रूमा काम गर्दै आएका छन् । सुवेदी प्रदेश कमिटि सदस्य पनि हुन । ०७४ सालमै टिकट पाउने चर्चा चलेपनि अन्तमा टिकट पाएका थिएनन ।
यस्तै वीर बहादुर थापा (पातल) माअाेवादि र एमाले विभाजनपछि एमालेमा लागेका हुन । विभाजन अघि र पछि एमाले जिल्ला अध्यक्ष पनि भएर पार्टीमा काम समेत गरेका हुन । पार्टी भित्र हाेस या बाहिर थापा सबै संग उत्तिकै लाेक प्रिय नेता मानिन्छन् ।
यश पटक भने खेम सुवेदिले टिकट पाउने चर्चा रहेकाे एमालेका एक नेताले बताए ।

