रमेश प्रसाद भट्ट/कञ्चनपुर– एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ प्रदेश सभा `ख´ बाट १३ जनाको नाम सिफारिश गरिएको छ ।
एमालेको प्रदेश समन्वय कमिटीको आइतबार बसेको बैठकले प्रदेश र प्रतिनिधि सभा सदस् उम्मेदवारकाे नाम जिल्ला कमिटीमा सिफारिश गरेकाे हाे ।
प्रदेश समन्वय कमिटी बैठकमा आकाँक्षी राखेका सबैले अडान नछाडेपछि उनीहरुको नाम सिफारिश गरिएको एमाले जिल्ला कमिटिले जानकारी दिएकाे छ ।
प्रदेश `ख´तर्फ एमाले जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, बजारे चौधरी, दुर्गा खरेल, भीम बहादुर थापा, टेक बहादुर साउँद, यज्ञ प्रसाद कँडेल,बलदेब सिह बुडाल, कुलबीच चौधरी, राधाकृष्ण जोशी, मर्यादा विष्ट, लक्ष्मण भाट, पुष्पराज जोशी र धिरेन्द्र जोशी छन् ।

