कञ्चनपुर निर्माण व्यवसायी संघकाे निर्वाचनका लागि निरञ्जन भट्ट नेतृत्वकाे प्यानल घोषणा

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर -निर्माण व्यवसायी संघ कञ्चनपुरको १४ औं अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार निरञ्जन प्रसाद भट्टले प्यानल घोषणा गरेका छन् ।

भट्टले आज महेन्द्रनगरकाे हाेटल ओपेरामा पत्रकार सम्मेलनकाे आयाेजना गरि आफ्नो प्यानलकाे घाेषणा गरेका हुन । प्यानल घाेषणा गर्न आयोजित पत्रकार सम्मेलनमा भट्टले भने यश पटक जसरी पनि हाम्रो प्यानलकाे जित सुनिश्चित रहेकाे दावि गरेका छन ।

सबै निर्माण व्यवसायीकाे हक र हितमा दत्त चित्त भएर काम गर्ने समेत प्रबद्वता समेत अध्यक्ष पदका उम्मेदवार भट्टले व्यक्त गरे ।

यसअघि २ पटक अध्यक्षमा पराजित भट्ट तेस्रो पटक पुनः मैदानमा होमिएका छन् ।

भट्टको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रबहादुर चन्द, उपाध्यक्षमा देवबहादुर चन्द, महासचिवमा योगेन्द्र ठकुराठी, सचिवमा हेम महरा, कोषाध्यक्षमा दिपक भट्ट र सहकोषाध्यक्षमा विष्णुबहादुर सिंह रहेका छन् ।

निर्माण व्यवसायीको हकहित, विविध समस्या समाधान एवं निर्माण व्यवसाय पेशालाई मर्यादित बनाउन भट्टको नेतृत्वमा टीम बनेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *