कञ्चनपुर– बेलडाँडी गाँउपालिकाले रोजगार सहायकको पदपूर्ति गर्न सकेको छैन । यो एक लज्जास्पद र हाँस्यास्पद विषय बनेको छ ।
सर्ट लिष्टदेखि लिखित, प्रयोगात्मक परीक्षा लिईसकेपछि कार्यालयले जारी गरेकाे अन्तिम नतिजामा कुनै पनि उम्मेदवार सफल हुन नसकेकाे भनेर सुचना जारी गरेकाे हाे ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मार्फत प्रधानमन्त्री रोजगार कार्यक्तमका लागि गाँउपालिकामा रोजगार सहायक पदपूर्तिका लागि १ साउन ०७९ मा दरखास्त आब्हान गरिएको थियो ।
गाँउपालिकाले रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड ०७८ अनुरुप योग्य ठहरिएका आवेदक मध्ये प्रारम्भिक योग्यताक्रम सुचि मुल्याङकनका आधारमा बेलडाँडीमा ९ र १ बेलौरी घर भएका उम्मेदवार छनौट भएका थिए ।
तर, लिखित र प्रयोगात्मक परीक्षा गर्दा समेत एकाएक १४ भदौँमा अतिजा रद्द गरिएको छ । पदपूर्ति समितिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले हस्ताक्षर गरेको अन्तिम नतिजा प्रकाशन गर्दै भदौँ १२ र १३ गते सम्पन्न भएको लिखित र प्रयोगात्मक परीक्षको मुल्याङन गर्दा स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड २०७८ को दफा ७ को उपदफा ४ को आधारमा देहायअनुरुप अन्तिम नजिता प्रकासन भन्दै क्रम, रोल नं. उम्मेदवारको नाम थरको ठाँउमा कुनैपनि उम्मेदवार सफल हुन नसको उल्लेख गरिएको छ ।
प्रशासनिक तथा राजनीतिक असक्षताको पराकाष्ठा भएको भन्दै स्वयम उम्मेदवार एव स्थानीयले टिका टिप्पणी गरिरहेका छन ।
शुरुवाती चरणदेखि रोजगार सहायकका लागि बार्किनिङ्ग चलिरहेको थियो । तर, नेताका आफन्त पहिल्यै र अहिले अनुतिर्ण भएपछि उक्त नजिता स्थगित गरिएको कार्यालय स्रोतले जनाएको छ ।
कार्यालय प्रमुख पदमराज जोशीले कुनैपनि उम्मेवारले हरेक विषयमा ४० प्रतिशत अंक ल्याउन नसकेपछि स्थगित गरिएको बताए । ‘तोकिएको मापदण्ड अनुरुप कसैले पनि अंक प्रतिशत ल्याउन सकेनन, ‘उनले भने, ‘पदपूर्तिका लागि पुन सुचना प्रकासित गरेर पदपूर्ति गछौँ ।’ भाेलि ७ दिनकाे सुचना जारी गर्छाै उनले भने ।
रोजगार सहायकको पदपूर्तिको विषयमा बजारमा आएको हल्ला अनुसार बाहिर नेताको दवाव मान्छे नपरेको विषयमा स्थगित गरिएको विषय हल्ला मात्रै भएको बताए ।
गाँउपालिकाले रोजगार सहायकका लागि खोलेको विज्ञापनमा केही काँग्रेसका नेताहरुले आफ्ना मान्छे राख्न दवाव दिएपछि कुन गुटको राख्ने विषयमा उत्पन्न विवादले वास्तविक क्षमतावान उम्मेदवार बञ्चित भएका छन ।
४१ जनाले दरखास्त दिएका थिए , जसमध्ये १० जना मात्रै सटलिष्टमा परेका थिए । गाँउपालिकाले कर्मचारी छनौटमा गरेको नाटकले स्थानीय समेत हैरान भएका छन ।
नेताका मान्छे ल्याउनका लागि गरिएको यो हतकण्डाले शिक्षित युवा निरास भएका छन ।
जारी सुचना


