रमेश प्रसाद भट्ट/ कञ्चनपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमाले कञ्चनपुरले यहि १५ गते आयोजना गरेको विशाल आम सभालाई सम्बोधन गर्न कञ्चनपुर आउने भएका छन् ।
एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टको अध्यक्षतामा आज बसेको पुर्ण बैठकले यसै भदाै १५ गते आयोजना गर्ने विशाल आम सभाको कार्यक्रम तय गदै सो कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली कञ्चनपुर आउन लागेका हुन ।
विशाल आम सभालाई सम्पन्न गर्न पार्टीका विभिन्न समिति उप-समितिहरु बनाएको एमाले कञ्चनपुरले निकालेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्टका अनुसार सो आम सभा कार्यक्रममा नेकपा एकिकृत समाजवादीका सुदूरपश्चिम ईन्चार्ज विक्रम बहादुर शाहीको नेतृत्वमा कैलाली र कञ्चनपुरका थुप्रै नेता एमाले प्रवेशको कार्यक्रम रहेको समेत जानकारी दिनु भयो ।
कञ्चनपुरका समाजवादीका पुरै नेतालाई पार्टी अध्यक्ष आलीले टिका लगाएर एमाले प्रवेश गराउने कार्यक्रम समेत रहेको सचिव भट्टले कञ्चनपुर खबरलाई बताउनु भयाे ।
एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी गएका थुप्रै नेताहरु एमाले फर्किने तयारीमा छन्, उनले भने “अहिले सम्म छलफल भएर एमाले प्रवेशका लागि फिक्स भएका समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष शाही सहित नेताहरु तारालामा तामाङ्ग, अशोक कुमार चन्द, बीर बहादुर बुढाथोकी, विना बुढाथोकी र कञ्चनपुरका विभिन्न पालिकाका पुरै संगठन लगायतका एमाले फर्किन कार्यक्रम समेत रहेको बताए ।”
यि नेताहरु मध्ये अशोक कुमार चन्द बाहेक सबै नेता पार्टी विभाजनपछि समाजवादी गएका थिए । चन्द भने एमाले कञ्चनपुरको आठौं अधिवेशनको जिल्ला सचिवमा पराजित भएपछि गत चैतमा मात्रैसमाजवादी गएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल रहको थिए ।
पार्टीको आज बसेको बैठकले आम सभालाई भव्य सभ्य तरिकाले सम्पन्न गर्न विभिन्न परिचालन समिति तथा उप समितिहरु गठन समेत गरिएको नेकपा एमाले जिल्ला सचिव पल्लवराज भट्टले जानकारी दिनु भयो ।


