विकास सिह महता/कञ्चनपुर– राष्ट्रिय खेलकुद २०७९ का लागि जिल्ला छनोट प्रतियोगिता एक कार्यक्रमका साथ सुरु भएको छ।
गण्डकी प्रदेशको पोखरामा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ देखी कार्तिक ३ गते सम्म ९ औं राष्ट्रिय खेलकुद २०७९ संचालन हुने खेलकुदमा कञ्चनपुर जिल्ला छनोट प्रतियोगिता शुक्रबार एक कार्यक्रमका साथ उदघाटन भएको हो।
जिल्ला छनोट प्रतियोगिता भाद्र १० देखि १५ गते सम्म विभिन्न विधाका खेलहरु महेन्द्रनगर स्थित कबड हलको खेलमैदानमा संचालन हुने जिल्ला खेलकुद समितिले जानकारी दिएको छ।
समारोह सभापति जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडका, कार्यक्रम का प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल रहनु भएकाे थियाे । भने विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश खेलकुद परीषद सदस्य सचीव दिपक सिह रहेका थिए ।
यस्तै अतिथिहरूमा एस.एस.पि. जनक राज पाण्डेय, भगतपुर २५ नम्बर बाहिनी मेजर ,सशस्त्र प्रहरी डिएसपी नर बहादुर शाही ,जिल्ला खेलकुद समिति उपाध्यक्ष कैलाश चन्द्र गिरि , कार्यालय प्रमुख गोपाल दत्त भट्ट, प्रशिक्षक सह प्रशिक्षक , विभिन्न संघ का पदाधिकारी ,सुरक्षा निकाय, पत्रकार , खेलाडी लगायत खेल प्रेमीहरु को उपस्थिति रहेको थियो।

