कञ्चनपुरमा बन्द गराउँदै हिँडेका नेकपा कार्यकर्ता पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- कञ्चनपुरमा बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना नेता पक्राउ परेका छन्।

मंगलबार बिहान बजार बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारीकै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेकपाका कञ्चनपुर जिल्ला सेक्रेटरी प्रकाश मल्लले उनीहरूलाई बिनाकारण पक्राउ गरिएको बताएका छन्। बन्दको पूर्वघोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए।

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने,असमान सन्धि सम्झौता खारेज,महंगी भ्रष्टाचार नियन्त्रण लगायत माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको छ।

विहानै देखि कञ्चनपुरकाे महेन्द्रनगरबाट छुटने लामाे तथा छाेटाे दुरीका सबै सवारी साधा ठप्प छन् । बजार पुर्ण रूपले बन्द छ, भने जनजिवन अस्त व्यस्त बनेकाे छ । बुलुका ५ बजे पछि भने सवारी साधन चल्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *