काँग्रेस नेता धामी नेतृत्वकाे टोली आरक्ष पिडितकाे समस्या समाधान माग राख्दै आयोगमा

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/ साउन २२,कञ्चनपुर– नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामी नेतृत्वको बेलडाँडीका आरक्षपीडित सहितको टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आयोगका अध्यक्ष दल बहादुर बोहरासंग भेटघाट गरेको छ ।

आईतबार बेलडाँडी गाउपालिका भित्र रहेका आरक्ष पिडितहरूकाे नेतृत्व गर्ने गरी बेलडाँडी-१ का पुर्व वडा अध्यक्ष अमर बहादुर खत्री, समाजसेवि दिर्घ बहादुर शाह, दिर्घ बहादुर सिह, शिवदत्त जाेशि सहित काँग्रेस नेता धामिकाे नेतृत्वमा आरक्ष पिडितहरूकाे समस्या सामाधका लागि पहल अघि बढाउन माग राख्दै समितिका संयाेजक बाेहरा संग उहाँकै कार्यालय मझगाउमा अन्तरक्रिया गरी ध्यानाकर्षण गराएका हुन ।

समाजसेवी समेत रहेका काँग्रेस नेता धामी नेतृत्वको टोलीले आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आयोगका अध्यक्ष बोहरासंग भेटघाट गरेको हुन ।

भेटमा धामी सहितका आरक्षपीडित, पुर्व जनप्रतिनिधी एव काँग्रेस नेताहरुले कञ्चनपुरका आरक्षपीडितको न्यायिक राहत र क्षतिपूर्ति दिलाउँदै पुर्नस्थापना गर्न सुझाव दिएका छन ।
काँग्रेस नेता धामी लामो समयदेखि आरक्षपीडितको पुर्नस्थापना नहुँदा उनीहरु नरकीय जिवन विताउन बाध्य भएको भन्दै उचित पुर्नस्थापनाका लागि आयोगका अध्यक्ष बोहराको गम्भिर ध्यानाकर्षण गराएका छन ।

‘आरक्षपीडित समस्या यस जिल्लामा जटिल रुपमा अघि बढिरहेको छ, ‘काँग्रेस नेता धामीले भने, ‘धेरै आयोग बने पीडितका समसया जस्ताका तेस्तै छन, अब तपाई युवा पनि हुनुहुन्छ, तपाईकै कार्यकालमा समस्या समाधान हुनुपर्छ ।’

आयोगको थप अधिकारका लागि राजनीतिक रुपमा समेत माथिसम्म विषय उठान गर्ने काँग्रेस नेता धामीले बताउँदै आयोगका तर्फबाट संयोजक बोहराले समेत अग्रसर हुनुपर्ने सुझाव दिएका छन ।

‘आरक्षपीडितको मानविय यस कहालिलाग्दो जिवनमा हामी सबै मिलेर परिर्वतन गनुपर्छ, ‘नेता धामीले भने, ‘त्यसका लागि सबै निकाय गम्भिर र अग्रसर हुनुपर्छ ।’
२०५८ सालमा आरक्ष विस्तारका क्रममा विस्तापित भएका थुप्रै पिडितहरूले २० बर्ष विति सक्दा सम्म पनि सरकारले समस्या सामाधन गरि मुवाब्जा दिन नसक्दा विचल्लीमै जिवन यापन गरिरहेका छन् । बेला बेलामा सरकारले समस्या सामाधानका लागि थुप्रै आयाेग गठन गरे पनि समस्या भने उस्तै रहेकाे छ ।

जिल्ला भरीमा १४ सय ८० आरक्ष पिडितकाे संख्या रहेकाे आयाेग बताएकाे छ । त्य मध्येमा बेलडाँडीमा मात्र ३ सय बढिकाे हाराहारीमा आरक्ष पिडितकाे संख्या रहेकाे पाईन्छ ।
अन्य भने जिल्लाका विभिन्न स्थानमा बसाेवास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *