रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे बेलडाँडी गाउँपालिका उपाध्यक्षले पालिकामा स्वास्थ्य सामग्री ल्याएकि छिन् ।
गाउँपालिका उपाध्यक्ष शान्ती नाथले आफ्नै पहलमा सुदूरपश्चिम प्रदेश सरकार संग माग गरी पालिकामा स्वास्थ्य सामाग्री ल्याएकी हुन ।
शुक्रबार सुदूरपश्चिम सरकारकाे स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सागग्री सहयाेग माग गरेर पालिकामा ल्याएकाे उपाध्यक्ष नाथले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।
उनले भने “प्रदेश स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट ७ लाख बराबरको स्वास्थ्य सामग्री बेलडाँडी ल्याएको बताउनु भयाे ।
ल्याईएका सामाग्रीमा अक्सीजन सिलिण्डर, औषधी, स्टेचर, अति आवश्यक औषधि ल्याएकाे उनले बताए ।
उहाँका अनुसार केही दिनमा सुविधा सम्पन्न सेकेण्ड हेन्ड एम्वुलेन्स लगायतका सामग्रीहरुको समेत माग गरेको बताईन ।
धेरै प्रयास पछि आज स्वास्थ्य सामग्री ल्याएकाे ल उपाध्यक्ष नाथले जानकारी दिनु भयाे ।
उनले बेलडाँडीका जनताले सहज रूपमा स्वास्थ्य उपचार पाउने गरी काम गर्ने समेत प्रतिवद्वता जाहेर गरेकि छिन् ।

