सरकारले दोधाराचाँदनी सुख्खा बन्दरगाहलाई अघि बढाउँछु : उद्योगमन्त्री बडू

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रशाद बडूले सरकारले दोधाराचाँदनी सुख्खा बन्दरगाहलाई अघि बढाउने बताउनुभएको छ ।

बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको १७ औँ कार्यकारणी समितिको सपथ तथा पदभार स्थापना कार्यक्रममा उद्योगमन्त्री बडूले सुख्खा बन्दरगाहलाई अघि बढाउने बताउनुभएको हो ।

मन्त्री बडूले सरकारले औद्योगिक क्षेत्र प्राथमिकतामा राखेको समेत बताए ।उद्योगमन्त्री बडूले अर्थतन्त्र सुधार, सम्बृद्धिका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेकोले सरकारले औद्योगिक क्षेत्रलाई प्राथमिकतमा राखेर थुप्रै कार्यक्रम संचालन गरेको बताए ।

बन्द उद्योग संचालन गर्ने सरकारको नीति रहेको बताउदै मन्त्री बडूले चालु बर्षदेखि प्रधानमन्त्री राष्ट्रिय उत्पादन उपभोग कार्यक्रम सचालन हुने बताए । औद्योगिक क्षेत्र विस्तारका लागि निजी क्षेत्रसंग साझेदारी सहकार्य समेत आवश्यक रहेको बताए ।

कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दगाह निर्माण भएसंगै तीनै मुलुक(नेपाल, भारत र चीन)को अर्थतन्त्र सुधार हुने बताए । ‘दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणको काम अघि बढाउन भारतीय पक्षबाट लिखित पत्र आएको छ, ‘उद्योगमन्त्री बडूले भने, ‘अब सुख्खा बन्दरगाहको काम पनि अघि बढ्छ ।’

दैजी औद्योगिक क्षेत्रको समेत रुख काट्ने र छपानको काम अन्तिम चरणमा भएकाले सरकारले पूर्वाधार निर्माण गर्ने र निजी क्षेत्रबाट चलाउनुपर्ने बताए ।

कैलालीको हरैया क्षेत्रमा पनि चालु बर्षदेखि नै विशेष आर्थिक क्षेत्रको कार्यक्रम संचालन हुने बताउँदै उद्योग मन्त्री बडूले सो कार्यक्रमबाट समेत यस क्षेत्रको आर्थिक विकास हुने अपेक्षा गर्नुभयो ।

‘सुदूरपश्चिममा जटिबुटी प्रशोधन केन्द्र नहुँदा यहाँको कच्चा पदार्थ त्यतिकै बाहिर जान्छ, ‘मन्त्री बडूले भने, ‘कैलालीको अत्तरियामा जटिबुटी प्रशोधन केन्द्र संचालन गछौँ ।’ पिपिसिपी मार्फत समेत गाँउ गाँउमा आर्थिक गतिबिधी संचालन गरिने मन्त्री बडूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *