बेलडाँडीमा भुमि समस्या सामाधान कार्यअघि बढ्याे,,५ वटै वडामा निस्सा वितरण

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- जिल्लाकाे बेलडाँडी गाउपालिकामा अव्यवस्थित बसोबासी, भूमिहिन सुकुमबासी, भूमिहिन दलितकाे समस्या सामाधान गर्न आयाेगले काम अघि बढाउदै  निस्सा वितरण गरेको छ ।

चालु आर्थिक बर्षको पहिलो दिन आइतबार बेलडाँडी गाँउपालिकाले ५ वटै वडामा कार्य अघि बढाउन वडाफअध्यक्षहरुलाई निस्सा हस्तान्तरण गरेको हाे ।

यस अघि वडाबाट अव्यवस्थित बसोबासी, भूमिहिन सुकुमबासी, भूमिहिन दलितले दिएको आवेदन अनुरुप कम्प्युटरमा दर्ता गरेर लालपुर्जाको प्रकृयाका लागि गाँउपालिकाले वडालाई निस्सा हस्तान्तरण गरेको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, उप-प्रमुख शान्ति नाथले पाँचै वडाध्यक्षलाई निस्सा हस्तान्तरण गरिएको छ ।

अव्यवस्थित बसोबासी, भूमिहिन सुकुमबासी, र भूमिहिन दलित सेवा केन्द्रका प्रमुख हेमराज रेग्मीले पाँचै वडामा भूमिहिन दलित १२६, सुकुमबासी १७१ र अव्यवस्थित बसोबासी ४”हजार ३१५ गरी  ४ हजार ६१२ जना रहेको बताए ।

उनका अनुसार वडा नम्बर-१ मा भूमिहिन दलित २, अव्यवस्थित बसोबासी ६११ गरी ६सय १३, २मा भूमिहिन दलित ६५, सुकुमबासी ५४ र अव्यवस्थित बसोबासी १ हजार ३४९ गरी १ हजार ४६८, ३मा भूमिहिन दलित ३, सुकुमबासी २७ र अव्यवस्थित बसोबासी १हजार १७२गरी १ हजार २सय २ रहेका छन ।

४ नम्बरमा भूमिहिन सुुकुमबासी ८, अव्यवस्थित बसोबासी १४७गरी १सय ५५ र ५मा भूमिहिन दलित ४६सुकुमबासी ६९र अव्यवस्थित बसोबासी १ हजार १३ गरी १हजार १सय २८ रहेका छन ।

निस्सा वितरणमा नेकपा एमाले बेलडाँडीका नेता एव पाटी जिल्ला सचिवालय सदस्य अक्कल बहादुर विष्टले जनतालाई भूमिको अधिकार दिलाउनु पर्नेमा सुझाव दिए ।

नेपाली काँग्रेसका नेता एव बेलडाँडीका पुर्व सभापति हकदेव जोशीले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणमा ढिलाई गर्न नहुने बताए। गाँउ उप-प्रमुख शान्ति नाथले जनताको भूमि अधिकारको काममा सहयोग गर्नुपर्ने आग्रह गरे ।

गाँउ प्रमुख हरिशचन्द्र रानाले जनताको भूमि अधिकार सुनिश्चित गर्दै पालिकाबाट वडामा निस्सा हस्तान्तरण भएकाले अब वडाबाट जनतालाई निस्सा वितरणसंगै फिल्डको काम अघि बढाएर जनतालाई जमिनको मालिक बनाईने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *