प्रधानमन्त्री देउवाले भने: “जनताको विश्वास लिएर जनपक्षीय कामगर्न काँग्रेस कञ्चनपुरका जनप्रतिनिधीलाई निर्देशन”

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– प्रधानमन्त्री शेर बहादुर देउवाले जनताको विश्वास लिएर काम गर्न काँग्रेस निकट जनप्रतिनिधीलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार नेपाली काँग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताको विश्वास लिएर काम गर्न काँग्रेस निकट जनप्रतिनिधीलाई निर्देशन दिनुभएको हो ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले राजनीतिक दलको काम जनताको सेवा गर्ने भएकाले जनपक्षीय काम गर्न आब्हान गर्नुभयो ।

‘जनप्रतिनिधीलाई थप जिम्मेबारी आएको छ, ‘प्रधानमन्त्री देउवाले भने, ‘इमान्दारितापुर्वक जनताको पक्षमा काम गर्नुहोला ।’ कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकले जनतासंग मिठो बोलेर काम गर्न आब्हान गर्नुभयो ।’

अर्का केन्द्रीय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले जनताको काममा अहोरात्र खटिन आब्हान गर्नुभयो । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा सहभागि हुन शुक्रबार बिहान कञ्चनपुर आएका हुन ।

काँग्रेस जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा उप सभापति मिन बहादुर सिहले स्वागत मन्तव्य राखेका थिए ।

भने कार्यक्रमको संचालन सचिव भीम भट्टले गरेका थिए । कार्यक्रममा जिल्लाभरीका काँग्रेसकाबाट निर्वाचित जनप्रतिनिधी, नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *