रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउपालिका-३ राधाकृष्ण आधारभुत विध्यालय नजिक क्षेत्रबाट लागु औषध खैराेहिराेईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
शुक्रबार बेलुका ८ बजेतिर ईलाका प्रहरी कार्यालय बेलडाँबाट खटिएकाे गस्ती टालिले शंका लागि चेकजाँच गर्दा २ जनालाई लागू औषध खैराेहिराईन सहित पक्राउ गरीएकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक दिपक पातलिले बताउनु भयाे ।
पक्राउ पर्नेमा बेतकाेट नगरपालिका-६ मुसेपानिका १८ बर्षिया विकास चाैधरी, भि.न.पा-२ महुलियाका २५ बर्षिया सुवास चाैधरी रहेकाे प्रहरी निरिक्षक पातलीले जानकारी दिनु भयाे ।
उनले भने “वानटेष्ट माेटरसाईकल लु ८४ प ८१०८ नम्बरमा सवार उनिहरूकाे साथबाट २ ग्राम ६ सय ९० मिलिग्राम लागु औषध खैराेहिराेईन सहित पक्राउ गरेकाे बताउनु भयाे ।”
`थप अनुसन्धान भईरहेकाे छ, उनिहरूलाई कानुन अनुसार कार्वाहिका लागि प्रकृया अघि बढेकाे बताउनु भयाे ।´

