बेलडाँडी-३ खैरिघाटमा एकै रातमा लाखाैकाे चाेरी, सुतिरहेकाे बेलामा चाेरी गर्ने गिराेह सकृय

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउँपालिका-३ खैरीघाटमा राति सुतिरहेकाे बेलामा लठ्याउने औषधि छर्केर एकै रातमा नगद, सुन सहित लाखौंकाेकाे चारी भएकाे छ ।

विहिवार राति २-३ बजेकाे समयमा साेहि ठाउका स्थानिय गणेश बहादुर जेठाराकाे घरमा सबै सुतिरहेकाे समयमा झ्यालबाट  लठ्याउने औषधि छर्केर भित्र पसि नगद, सुन र माेवाईल चाेरी भएकाे हाे ।

चाेरहरूले घर भित्र पसेर नगद ९० हजार, ८ ताेला सुन र २ माेवाईल सेट चाेरी भएकाे गणेश जेठाराले बताउनु भयाे । उनले भने “घरमा भाइ र बुहारी अलग-अलग काेठामा सुतिरहेका थिए, बज्यै भान्सामा सुतेका बेलामा झ्यालबाट लठ्याउने औषधि छर्केर बेहाेस बनाएर चाेर भित्र पसेर सबै लुटेर लगे ।”

विहान उठेर माेवाईल खाेज्दा नभेटिएपछि अर्काे काेठामा गएर हेर्दा त बाकस छैन, दराज फुटाएकाे अवस्था र बुहारी र भाईले माेवाईल खाेज्दा नपाए पछि चाेरी भएछ भन्ने थाहा भयाे घर मालिक जेठाराले कञ्चनपुर खबर संग भने ।

उहाँका अनुसार घर भित्रबाट बाकस सहित उठाएर लगे अनि जराज फुटाएर सबै खालि गरिदिए । चाेरी गरि लगेकाे बाकस नजिकैकाे सिद्वबाबा मन्दिरमा ताेडेर भित्रका सबै समान लगेकाे अवस्थाामा विहान भेटियाे ।

विहान लगतै ईलाका प्रहरी कार्यालय बेलडाँडीमा चाेरी भएकाे जानकारी गरायाै उनले भने `प्रहरी लगतै घटना स्थलमा पुग्याे अनि घटनाबारे जानकारी लिएकाे छ ।´

घटानाबारे विस्तृत रूपमा अनुसन्धान कार्य भईरहेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरिक्षक दिपक पातलिले बताउने भयाे । उनले भने “चाेरी घटनामा संकास्पद केहिलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भईरहेकाे बताउनु भयाे ।”

साे क्षेत्रमा लगातार रातिकाे समयमा चाेरी गर्ने एक गिराेह सकृय भएकाे स्थनियहरूकाे भनाई रहेकाे छ । केही दिन यता मात्र ४ घरमा यस्तै चारी कार्य भएकाे छ ।

सुतिरहेकाे बेलामा चाेरी गर्ने गिहाेह सकृय भएपछि स्थानिय त्रसित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *