कञ्चनपुर जिल्ला खेलकुद समितिले खेलाडीको अभिलेख राख्ने

मुख्य खवर राजनीति विशेष समाचार

बिकाश सिंह महता/कञ्चनपुर–   कञ्चनपुर जिल्ला खेलकुद समितिले नयाँ प्रणालि सहित खेलाडीहरूको अभिलेख राख्ने निर्णय गरेकाे छ ।

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर ब खडकाको अध्यक्षतामा बुधबार बसेको बैठकबाट नवौँ राष्ट्रिय तथा राष्ट्रपति कपमा सहभागिहुने र जिल्ला को कबड हलमा विभिन्न खेलमा प्रशिक्षणमा रहेका सम्पुर्ण तथा खेल संग आवद्ध खेलाडकीको अभिलेख राख्ने निर्णय गरिएको हो।

यसका साथै पिउने पानीको व्यवस्था, स्थानीय पालिकासंग बजेटको पहलदेखि खेलाडीका लागि शुद्ध खानेपानीको प्रबन्ध तत्काल गर्नु निर्णय गरिएको जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश चन्द्र गिरिले बताउनु भयो।

उनका अनुसार उक्त दिन बनेपा मा हुने आईटिएफ खेलमा सहभागी हुन जाने खेलाडीहरु लाई जिल्ला खेलकुद समितीका अध्यक्ष कुबेर खड्का ,उपाध्यक्ष कैलाश चन्द्र गिरि,कोषाध्यक्ष सुरेन्द्र शाही ,कार्यालय प्रमुख गोपाल दत्त भट्ट कार्यसमिति सदस्य लगायतको उपस्थितिमा उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकामना सहित विदाई गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *