कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउँपालिकामा नेपाली काँग्रेस भित्रकाे विवाद सुल्झीदै ४ दिन अघि ३८ जनाले दीएकाे राजिनामा फिर्ता समेत भएकाे छ ।
बुधबार काँग्रेस बेलडाँडी गाउँ कार्यसमिति, प्रदेश `ख´ समिति र क्षेत्रीय कार्य समिति प्रतिनिधिकाे सहभागितामा बसेकाे बैठकमा छफल गरि बेलडाँ-२ का ३८ जनाले सयुक्त रूपमा दीएकाे राजिनामा फिर्ता लिदै आगामि दिनमा काँग्रेस बेलडाँडी एक भई अघि जाने निर्णय भएकाे हाे ।
४ दिन अघि बेलडाँडी-२ का वडा सभापति मदन भट्ट, महाधिवेशन प्रतिनिधि राधिका देवि जाेशि लगायत कृयाशिल पार्टीका ३८ जनाले सयुक्त रूपमा दिएकाे राजिनामा आपसि छलफल र असन्तुष्ट भएकाे विषयमा आत्मा आलाेचना गरि राजिनामा फिर्ता लिएर अबका दिनमा पार्टीका सबै कार्यमा एक भई अघि जाने निर्णय भएकाे नेपाली काँग्रेस बेलडाँडीका सभापति गज बहादुर विष्टले बताउनु भयाे ।
उनले भने ” कार्यपालिका चुनावमा टिकटकाे विषयमा असन्तुष्ट भई राजिनामा पेश गरेका सबै संग लामाे छलफल पश्चात् सबै पक्षबाट गल्ति भएकाे आत्माबाेध गर्दै अबका दिनमा त्यसाे कार्य नहुने र आपसि छलफल गरेर मात्र अघि जाने सहमति भएकाे बताउनु भयाे ।”
राजिनामा दिएका काँग्रेस बेलडाँडी-२ का सभापति भट्टले भने “पार्टीमा निकै लामाे छलफल र समिक्षा भयाे” उनले भने ” बेलडाँडी काँग्रेस पार्टिमा केही पक्षबाट भएका गल्ती सबै आ- आफ्नाे पक्षबाट क्षमायाचना गरी अबका दिनमा कुनै कार्य गर्दा सहमितिका साथ गर्ने प्रतिबद्वता सबैले गरेकाे बताए।”
यसरी काँग्रेस पार्टी भित्रकाे आपसि असन्तुष्टि सबै मिलेर अघि जाने र जनताले दिएकाे मतकाे कदर गरि संस्थागत ढंगबाट हरेक पार्टिका निर्णय गरि पार्टी एक ढिक्का भएर अघि बढने निर्णय भएकाे नेपाली काँग्रेस बेलडाँडीले जनाएकाे छ ।

