कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउँपालिकाकाे पहिलाे कार्यपालिकाकाे पुर्ण बैठकले १७ वटा निर्णय गर्दै प्रबक्तामा १ नम्बर वडा अध्यक्ष गज बहादुर विष्टलाई ताेकेकाे छ ।
बुधबार गाउँँपालिकामा बसेकाे कार्यपालिकाकाे पुर्ण बैठकले १७ वटा उलेेख्य निर्णय गर्दै पालिकाकाे प्रबक्तामा नेपाली काँग्रेसका बेलडाँडी गाउँ सभापति समेत रहेका १ नम्बरका वडा अध्यक्ष विष्टलाई ताेकेकाे गाउँपालिका उपाध्यक्ष शान्ति नाथले जानकारी दिनु भयाे ।
बेलडाँडी गाउँपालिकामा आज कार्यपालिकाको पहिलो बैठकले वडा नं.१ का अध्यक्ष गज बहादुर बिष्टलाई गाउँपालिकाको प्रवक्ता तोकेको छ । आफु सहित सिंगो नेपाली कांग्रेस बेलडाँडीलाई बहुमतले विजयी गराउन सफल कांग्रेसका गाउँसभापति समेत रहेका बिष्टलाई आज बसेको कार्यपालिकाको बैठकले प्रवक्ता तोकेको बेलडाँडी गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार बैठकले भूमि आयोगको कामलाई अगाडी बढाई निस्सा दिने, १५ सैया अस्पताल निर्माणको टेण्डर प्रकृया अगाडी बढाउने, अनुगमन समिति ठगन गरेकाे छ । अनुगमन समितिमा उपाध्यक्ष नाथकाे संयाेजकत्वमा गज ब.विष्ट र बसन्ति सुनार रहने गरि गठन गरेकाे छ ।
यस्तै ३ नम्बर वडा विभाजनका लागि गाउँ सभामा लगिने, न्यायिक समिति गठन गर्ने,विभिन्न समिति तथा उप-समिति गठन गर्ने, आरक्ष पिडितकाे उचित व्यवस्थापनका लागि पहल गर्ने, चवन्नि बेलडाँडी सडकका विचमा रहेका रूख काटन अावश्यक पहल गरिने लगायतका निर्णय गरीएकाे गाउँपालिका उपाध्यक्ष नाथले बताउनु भयाे ।

