बेलडाँडी प्रा.स्वा.केन्द्रद्वारा निर्वाचित जनप्रतिनिधिलाई स्वागत,, स्वास्थ्यमा विशेष जाेड दिईने अध्यक्ष राना

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउँपालिकामा नव-निर्वाचित अध्यक्ष, उपाध्यक्ष सहित अन्य जनप्रतिनिधिलाई स्वागत गरेकाे छ ।

मंगलबार स्वास्थ केन्द्रमा आयाेजित एक कार्यक्रमका माझ नव-निर्वाचित अध्यक्ष, उपाध्यक्ष सहित अन्य जनप्रतिनिधिलाई दाेसल्ला सहित फुलमालाले स्वागत गरेका हुन ।

बेलडाँडी-२ का वडा अध्यक्ष एवं स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष नारद सिह उर्यालकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना र विशिष्ट अतितथिमा उपाध्यक्ष शान्ति नाथ रहनु भएकाे थियाे ।

भने अतिथिहरूमा विभिन्न क्षेत्रका प्रमुख, प्रतिनिधिकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रानाले स्वस्थ्यका समस्याका सवालमा उलेख्य परिवर्तन गरिने बताउदै तत्काल १५ शैयाकाे अस्पतालकाे ठेक्का खाेलिने बताउनु भयाे ।

उहाँले भने “बेलडाँडीमा स्वास्थ्यकाे उपचारमा सबै जनताकाे सहज पहुच बनाउनु भन्दै अबकाे ५ बर्षमा बेलडाँडीमै सबै अत्यावश्यक उपचार गरिने सेवा प्रदान गरिने वातावरण बनाउनु बताए ।”

यहाँ शर्प दंश उपचार देखि रेविज उपचारकाे सेवा बेलडाडीमै जनताले पाउने किसिमकाे स्वास्थ्य क्षेत्रमा क्षमता बृद्वि गरिने बताउनु भयाे । सम्मान तथा स्वगत कार्यक्रम गरेकाेमा सबैलाई धन्यावाद समेत व्यक्त गर्नु भयाे ।

कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि उपाध्यक्ष नाथले जीवन स्वास्थ संग जाेडिएकाले स्वास्थ्यका सवालमा परिवर्तन गर्न  आफ्नाे सक्दाे प्रयास रहने बताउनु भयाे ।

उनले भने”स्वास्थ्यकर्मीकाे कामकाे उच्च मुल्यांकन गर्दै स्वास्थ्यका क्षेत्रमा बेलडाँडीलाई फरक किसिमले चिनाउने बताउनु भयाे ।”

बेलडाँडीमा छाेरी जन्मदा प्रतिव्यक्ति नगद ३ हजार दिने निर्णय समेत गरेकाे बताउनु हुँदै गरिव, विपन्नका लागि समेत जनताकाे स्वास्थ्य बचाउन एम्बुलेन्स निशुल्क देखि समयमै उपचार पाउने अधिकार समेत प्रदान गरिएकाे धारणा राखे ।

कार्यक्रममा बेलडाँडी-१ का अध्यक्ष गज बहादुर विष्ट, ३ का अध्यक्ष दुर्गा प्रसाद चाैधरी, स्वास्थ्य संयम स्वविका सरस्वती शाहि लगायतले मनतव्य राखेका थिए ।

स्वास्थ्य केन्द्रका प्रमुख डा. राजेन्द्र प्रसाद भट्टकाे स्वागत मनतव्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन भने स्वास्थ्यकर्मी महेश खत्रीले गर्नु भएकाे थियाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *