बेलडाँडी गाउँपालिकाकाे पहिलाे निर्णय: छाेरी जन्मदा ३ हजार देखि सुत्केरीलाई पालिकाभित्र एम्बुलेन्स नि:शुल्क

मुख्य खवर मोडल राजनीति विशेष समाचार

 रमेश प्रसाद भट्ट/कञ्चनपुर-  स्थानिय सदस्य निर्वाचनमा  बेलडाँडी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलाे निर्णयमा छाेरी जन्मदा प्राेत्साहान स्वरूप नगद रू ३ हजार दिने निर्णय र पालिका भित्र सुत्केरीलाई एम्बुलेन्स सेवा नि:शुल्क, बाहिरकाे सवालमा ५० प्रतिशत छुट सेवा देखिन अन्य निर्णय गरेका छन् ।

शुक्रबार बसेकाे अध्यक्ष श्री हरिश चन्द्र राना,उपाध्यक्ष श्री शान्ती नाथ र वडा अध्यक्ष लगायतकाे बैठकले पहिलाे थुप्रै लाेकप्रिय निर्णय गरेकाे हाे ।

निर्णयहरू यश प्रकार छन् ।

१. विज्ञान विद्यालय सञ्चालन गर्न, बहु प्राविधिक विद्यालय स्थापना गर्न, माध्यमिक तह सम्म गुणस्तरीय शिक्षा नि:शुल्क बनाउन योजना एवं कार्यविधि तयार गर्ने निर्णय गरियो ।
२. भूमीहीन, हलिया, मुक्त कमैया, आरक्ष पिडित र अव्यवस्थित बसोबासको वस्तुपरक तथ्यांक संकलन गरी निस्सा वितरण गर्ने र जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने निर्णय गरियो ।
३. पञ्च बर्षिय एकिकृत गुरु योजना निर्माण गर्ने, समृद्धि आयोजना सञ्चालन गर्ने, विषयगत समितिहरु निर्माण गर्ने, सल्लाहकार परिषद गठन गर्ने, विपन्न लक्षित कार्य योजना निर्माण गर्ने, किसान क्लबहरु निर्माण गर्ने, ईलम विकास केन्द्र सञ्चालन गर्ने, गरिब संग बि.पि. कार्यक्रम सञ्चालन गर्ने, बालिका जन्मेमा प्रोत्साहन भत्ता स्वरुप रु. ३००० (तिन हजार) दिने निर्णय गरियो ।
४. विपन्न गरिब, लक्षित वर्ग, मुक्त कमैया, कमलरी, एकल महिलालाई ३० यूनिट सम्म विद्युत महशुल नि:शुल्क र अति विपन्न, असहाय र जेष्ठ नागरिक तथा गर्भवति र सुत्केरी महिलाहरूलाई गाउँपालिका भित्र एम्बुलेन्स सेवा नि:शुल्क तथा पालिका बाहिर ५० प्रतिशत नि:शुल्क गर्ने निर्णय गरियो ।
५. स्थानिय सुरक्षा ऐन, शिक्षा कार्यविधि तत्काल निर्माण गर्ने, कर्मचारी व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली तयार गर्ने, आ.ब. २०७४/०७५ देखी २०७८/०७९ सम्म गाउँपालिकाको समिक्षा, परिक्षण र नियमन गर्ने निर्णय गरियो ।
६. सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, स्वास्थ्य बिमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, नियमित स्वास्थ्य परिक्षण कार्यक्रमलाई प्राथमिकिकरण गर्ने निर्णय गरियो ।
७. पालिका भित्रका मुख्य-मुख्य मन्दिरका पुरोहित तथा मठाधिस, भलमन्सा, पास्टर लाई पुजा अर्चना गर्न एवं सदभावप्रोत्साहन वाफत वार्षिक रु. ५०००।- (पाँच हजार) दिने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *