भिमदत्त-२ कि बालिका बलात्कार घटनाकाे दाेषिमाथि कार्वाहिकाे माग राख्दै एमाले निकट ४ संगठनले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेकपा एमालेका भातृ संघ संगठनहरुले यौन हिन्साको शिकारमा परेकी भीमदत्त नगरपालिका- २ उल्टाखामकी ११ वर्षिया बालिका बलात्कार घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सार्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पठाएको छ ।

बिहीबार एमाले निकट चार भातृ संघ संगठनहरुले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत उल्टाखाम निर्मला हत्याकाण्ड बारे पीडितलाई न्याय सहित जिविकोपार्जनको व्यवस्था गनुपर्ने माग गर्न ज्ञापन पत्र पठाएको हो ।

नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल राेकायाले बालिकामाथि जघन्य प्रकृतिको अपराध हुँदा समेत सरकारले राहत, क्षतिपूर्ति बालिकालाई न्याय दिन आलटाल गरेको अहिले सम्म राम्राे उपचार समेत गर्न नसकेकाे भन्दै ज्ञापन पत्र बुझाएको बताए ।

नेकपा एमाले निकट भातृ संघ संगठनले बलात्कारको हिन्सामा परेकी बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेका छन । निर्मम यातना समेत दिईएकाे घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको हो ।

अखिल नेपाल महिला संघकी अध्यक्ष कलसा महरा, अनेरास्ववियुका जिल्ला अध्यक्ष कमल रोकाया, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष केशव चन्द र अखिल नेपाल किसान महासंघ सचिव राम ब बुढाले हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा पीडितको पुर्ण स्वास्थ्य उपचार एव राहत दिन माग अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *