बेलडाँडी अध्यक्ष रानाले गरे रौतेली स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रासाण्ड सेवाको उद्घाटन

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  जिल्लाको बेलडाँडी गाउँपालिकाका नव-निर्वाचित अध्यक्ष हरिशचन्द्र रानाले रौतेली स्वास्थ्य चौकीमा ग्रामिण अल्ट्रासाउण्ड सेवाको उद्घाटन गर्नु भएको छ । बुधबार स्वास्थ्य चौकीमा आयोजित एक औपचारीक कार्यक्रमका माझ प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाउँपालिका अध्यक्ष रानाले ग्रामिण अल्ट्रासाउण्ड सेवाको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष रानाले गाउँपालिका भित्र स्वास्थ्य र शिक्षा जोड दिदै आगामी बजेट निर्माण गरिने बताउदै यहाँका जनतालाई सहज स्वास्थ्यको पहुचमा पुग्ने वातावरण बनाउने बताए ।

उनले भने “गाउँपालिका समृद्ध बनाउन स्वास्थ्यमा विषेश जोड दिएर, सबै नागरिकलाई स्थानिय सरकार रहेको प्रत्याभुति दिलाउने किसिमबाट काम गर्ने भन्दै रौतेली स्वास्थ्य चौकी सुधारका लागि आफ्नो प्रयास रहने प्रतिवद्धता जनाए ।”

उपाध्यक्ष शान्ति नाथले भने अब बेलडाँडीका गर्भवती महिलाले स्रोत साधन र उपचारका अभावको अत्य गरिने बताउनु भयो । उहाले आफ्नो मुख्य काम स्वास्थ्य सुधारमा काम गर्ने बताउदै बेलडाँडीमा नि शुल्क सर्प दशं उपचार सेवा, रेविज खोप सेवा लगायतका काम गर्ने प्रतिवद्धता जनाए ।

५ नम्बर वडा अध्यक्ष ईन्द्र बहादुर खड्काले रौतेली विचुवा स्वास्थ्य चौकीको व्यवस्थापन र विभिन्न समस्या सामाधका लागि आफ्नो कार्यकालमा काम गर्ने बताउदै सोका लागि उचित बजेट विनियोजन गरिने समेत प्रतिबद्धता व्यक्त गरे ।

अल्ट्रासाउण्ड सेवा ग्रमिण स्तरमा सेवा विस्तार भएपछि गर्भवती महिलाको स्वास्थ्य जाँच गरी आमा र बच्चाको अवस्थाबारे थाहा पाउन सजिलो हुनुका साथै महेन्द्रनगर धनगढी धाउनु पर्ने बाध्यताको अन्त्य समेत भएको छ ।

रौतेली स्वास्थ्य चौकीमा कार्यरत अनमी निलम भट्टले ग्रामीण अल्ट्रासाउण्ड सेवाले गर्भवती महिलाहरुको स्वास्थ्य अवस्था बेला बेलामा जाँच गर्न सहज हुने बताउनु भयो । उहाँका अनुसार १४ लाख बराबर रकमको सो मेसिनले अब बेलडाँडी ४ र ५ नम्बर वडाका वासिन्दालाई सेवा लिन राहात पुगेको बताए ।

मातृ तथा नवशिशुको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर कार्यक्रम सुरु भएको स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले बताए । उनले भने, ‘यसका लागि जनशक्ति र सामग्रीको व्यवस्थापन गरेका छौं ।’
निवर्तमान काबा वडाध्यक्ष कमला देवी ओखेडाको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भने अनमी निलम भट्टले गर्नु भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *