बेलडाँडीमा सरकारी जग्गा मनपरी सहकारीलाई बाडेकाे भन्दै आन्दाेलनबाट चर्चा बटुलेकि नेतृ नाथ गापा उपाध्यक्ष, भन्छिन “समृद्ध गाउँ बनाउने सपना छ”

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– बेलडाँडीमा रहेको सरकारी जमिन अर्थात ७२ बिघा ग्रिनबेल्ट संरक्षणको विषयमा बुलन्द आवाज उठाउने महिला नेतृ शान्ती नाथ गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।

नाथ निर्वाचित भइसके पछि बेलडाँडी बासीको ध्यान उनै तिर गएको छ । सरकार बाहिर बस्दा ग्रिनबेल्टको संरक्षण हुनुपर्छ भन्दै सडक तताउने नेतृ नाथको काधमा ठुलै जिम्मेवारी जनताले थपिदिएका छन् । बाचेकाे केही जग्गा संरक्षण हुनु पर्ने उहाँकाे माग रहेकाे थियाे ।

बेलडाँडीका जनताले ठुलो विश्वासका साथ नाथलाई भारी मतले बिजयी गराएर उपाध्यक्षकाे जिम्मेवारीमा पठाएका छन् ।

०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधीहरुले अर्थात बेलडाँडीमा बनेको एमालेको बहुमतको सरकारले मुनाफा रहित संस्थालाई पाखा लगाउदै आफु निकटका मुनाफा मुखी सहकारीहरुलाई प्रशासकीय भवन बनाउनका लागि जमिन उपलव्ध गराएको थियो ।

सोही विषयमा गत बर्ष भाद्र ४ गते नेतृ नाथकै नेत्रित्वमा आएको आन्दोलित टोलीले निर्माणाधिन अवस्थामा रहेको साना किसान महिला सहकारीको प्रशासकीय भवनमा ढुङ्गामुडा गर्दा आनसिक क्षति भएको थियो ।

भवनमा सामान्य क्षेतिलाई ठुलो क्षति भएको भन्दै सहकारीका अध्यक्ष कमला जोशी रेग्मीले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा नाथलाई कार्वाही गरी पाउ भनि उजुरी दिएका थिए ।

नाथले आफ्नो नेतृत्वमा आएको टोलीले आवेशमा आएर ढुङ्गा प्रहार गरेको स्वीकार गर्दै प्रशासन कार्यालयमा गइ लिखित माफी मागेपछि पनि जमिन र भवनको विषयमा भने छलफलनै नभई सत्यका पक्षमा उभिएको आन्दोलनलाई तुहाइने काम भएको थियो ।

सहकारीका अध्यक्ष जाेशी रेग्मी बेलडाँडी गाउपालिकामा कर्मचारी समेत हुुन । उहाँ NLR र NNSWA र गाउपालिकाकाे त्रिपक्षिय सम्झाैतामा काम गर्दै आएका छन् ।

नेतृ नाथले स्थानीय सरकारले उनले उठाएका मुद्धाको कुनै सुनुवाइ नभएपछि अख्तियार कार्यालय सम्म निवेदन पेश गरेकी थिइन । नाथ अहिले पनि ग्रिनबेल्ट संरक्षणको पक्षमा नै भएको बताउदै आएकी छिन् ।

उनले आउदै गरेको गाउँसभाबाट एमाले सरकारले आफु र आफ्ना कार्यकर्ता संरक्षणका लागि गरेको गलत निर्णय उल्ट्याउने तयारीमा स्थानीय सरकार जुटेको श्रोतले जनाएको छ ।

उनले पदभार ग्रहण गरेकै दिन महिलाहरुको पक्षमा विशेष कार्य गर्ने बताउदै यस विषयमा समेत छिट्टै निकासी निर्णय हुने जनाइन ।

उपाध्यक्ष नाथ प्रति बेलडाँडीका आम जनताले ठुलो आशा गरेका छन् । उनले हेर्ने न्यायीक समितिमा समेत न्याय सम्पादनमा कुनै पक्षपात नुहनेमा आम नागरिक ढुक्क छन् तर पछिल्लो समयमा उनमा कस्तो परिवर्तन आउछ हेर्न भने बाकीनै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *