पुनर्वास-४ काे वडा अध्यक्षमा राप्रपाका युवा नेता जैशी (सापकाेटा) निर्वाचित

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– पुनर्वास नपारपालिका वडा नम्बर-४ मा राप्रपाका मनाेज जैशि सापकाेटा वडा अध्यक्षमा निर्वाचित भएका छन् । २०४९ देखि कम्युनिस्ट पार्टीले जित्दै आएको पुनर्वास- ४ मा यस पटक भने  राप्रपाका जैसी (सापकोटा)  बिजयी भएका हुन  ।

माओवादी – समाजवादीकाे गठबन्धन , एमाले र काँग्रेसका उम्मेदवार हरुलाई  हराउँदै राप्रपाका वडाध्यक्षका उमेदवार  मनाेज जैशी (सापकाेटा) बिजयी भएका हुन ।

निकटतम प्रतिद्वन्दी एमालेका खुशीराम पाैडेललाई ११६ मतले हराउँदै राप्रपाका युवा नेता जैशी सापकाेटा वडाध्यक्षमा बिजयी भएका हुन ।

सापकाेटाले ४७५ मत प्राप्त गरेका छन, भने उनका प्रतिस्पर्धी खुशीराम पाैडेलले ३५९ प्राप्त गरेका हुन ।

नेपाली काँग्रेसकि उम्मेदवार देवी लाेहनीले १६६ मत पाए, भने गठबन्धन बाट माओवादी केन्द्रका प्रेम बस्नेतले २९६ मत पाएका छन ।

४ नम्बर वडामा जम्मा मतदाता सँख्या २४६७ रहेकाेमा १५७६ मत खसेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *