बेलडाँडी अध्यक्ष राना, उपाध्यक्ष नाथलाई पुर्व मन्त्री सावद र संविधानसभा सदस्य विष्टले दिए बधाई

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– बेलडाँडी गाउपालिकाका नव निर्वाचित अध्यक्ष हरिश्चन्द्र राना र उपााध्ययक्ष शान्ति नाथलाई नेपाली काँग्रेसका नेता एवं पुर्व मन्त्री एन.पि. साँवद र संविधान सभा सदस्य दिवान सिह विष्टले बधाई ज्ञापन गरेका छन् ।

शुक्रबार उपाध्यक्ष नाथले आफ्नो घरमा विजयी भएकाे भाेज तथा भेटघाट कार्यक्रममा पुर्व मन्त्री साँवद, संविधान सभा सदस्य विष्ट, संविधान सभा सदस्य बहादुर सिह थापा काँग्रेस जिल्ला सह सचिव नाफु सिह सावद,  र महाधिवेशन प्रतिनिधि जनक सिह धामि लगायत काँग्रेसका थुप्रै नेता तथा कार्यकर्ताले अध्यक्ष राना र उपाध्यक्ष नाथ लगायत काँग्रेसबाट ४ वडाबाट निर्वाचित वडा अध्यक्षलाई समेत  बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गरेका हुन ।

अध्यक्ष राना र उपाध्यक्ष नाथलाई दाेसल्ला ओढाएर सम्मान सहित बधाई ज्ञापन कार्यक्रम गरीएकाे नेपाली काँग्रेस बेलडाँडीले जनाएकाे छ ।

नव निर्वाचित अध्यक्ष रानाले आजै जिल्लाबाट सपथ ग्रहण गरि बेलडाँडी पुगेका थिए । साहि लगतै बधाई तथा सम्मान कार्यक्रम गरिएकाे हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *