बेलौरी मेयरमा पुन: माओवादीका पाेतिलाल चौधरी निर्वाचित

मुख्य खवर विशेष समाचार

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी पुन: दोस्रो पटक निर्वाचित भएका छन ।

यश अघि २०७४ सालकाे निर्वाचनमा पनि एमालेलाई पराजित गर्दै मेयरमा निर्वाचित बभएका चाैधरी पुन: यश पटक पनि मेयरमा निर्वाचित भएका हुन ।

माओवादी सुदूरपश्चिम प्रदेश सदस्य तथा युवा नेता चौधरी एमालेकी केन्द्रीय सदस्य कमल बोहरालाई २ हजार ७४० मतको अन्तरले हराउँदै नगरको मेयरमा पुन निर्वाचित भएका छन । चौधरीले ८ हजार ७८७ र बोहराले ६ हजार ४७ मत ल्याएका थिए ।

काँग्रेसका हरेन्द्र विष्टले ५ हजार ३२४ मत ल्याएका छन । यस अघि ०७४ मा पनि माओवादी केन्द्रबाटै उम्मेदवार भएका चौधरी मेयरमै निर्वाचित भएका थिए । यति बेला २९ हजार ३७७, मतदाता मध्ये २३ हजार १२४ मत खसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *