कञ्चनपुर- बेलडाँडी गाउँपालिका वडा नम्बर-३ मा ०७४ सालमा वडाध्यक्ष निर्वाचित भएका दुर्गा प्रसाद चौधरी पुन: वडाध्यक्षमा निर्वाचित भएका छन् । यश पटक पनि बेलडाँडी-३ मा नेपाली कांग्रेसका चाैधरीकाे पुरै प्यानलनै विजयी भएको हाे ।
आज विहान सम्पन्न ३ नम्बरकाे मत गणनामा एमालेका गणेश बहादुर बिष्ट लाई १ सय ९७ को मत अन्तरले हराउँदै अध्यक्षमा पुन: चाैधरी निर्वाचित बनेका हुन।
चौधरीले ९ सय ३९ र प्रतिद्वन्दी बिष्टले ७ सय ४२ मत ल्याएका छन । उक्त वडामा जम्मा २०७५ मत खसेको थिए।
बेलडाँडी गाउँपालिका अन्तर्गत रहेका ५ वटा वडा मध्य ४ वडाको मत परिणाम सार्वजनिक भैसकेको छ।
जस मध्ये वडा नम्बर -१, ५ र ३ नेपाली काँग्रेस पुरै प्यानल सहित विजयी भएकाे हाे । १ नम्बर वडा अध्यक्षा नेपालि काँग्रेसका गज ब.विष्ट सहित पुरै प्यानल विजयी भएको छ।
भने वडा नम्बर- ५ को वडा अध्यक्षमा पनि नेपाली काँग्रेसका ईन्द्र ब.खडका सहित पुरै प्यानल विजयी भएको छ। अहिले ३ नम्बर वडामा काँग्रेसका दुर्गा प्रसाद चाैधरीकाे पुरै प्यानल विजयी बनेकाे छ ।
यसैगरी वडा नम्बर-४ वडा अध्यक्षमा एमालेका वीर बहादुर खडका सहित पुरै प्यानलनै विजयी भएको छ।
अहिले वडा नम्बर-२ काे मत गणना भईरहेकाे छ । त्यस वडामा पनि काँग्रेसकाे नै फराकिलाे मतले प्यानलकाे अग्रता कायम रहेकाे छ ।
माथि गापा अध्यक्ष उपाध्यक्षमा पनि नेपाली काँग्रेसकाे जित सुनिश्चित बनेकाे छ

