कञ्चनपुर – स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिका अध्यक्ष पदका लागि नेपाली कांग्रेसले अग्रता लिएको छ ।
राती ३ बजेदेखि शुरु भएको मतगणना ६२५ मत गणना हुदा नेपाली कांग्रेसका हरिचन्द्र रानाले २६५ र नेकपा एमालेका अक्कल बहादुर बिष्टले १७४ मत प्रप्त गरेका छन् ।
माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले ९६ मत प्राप्त गरेका छन् । भने रा.प्र.पा. प्रेम सिह साउदले ९ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी शान्ती नाथले २७२ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छिन भने, नेकपा एमालेकी फुलदेवी रानाले २२३ मत, नेकपा मओवदी केन्द्रकी कल्पना गिरीले ५१ मत, राप्रपाकी बसन्ती चौधरीले ७ र स्वतन्त्र उम्मेदवार पुष्पकमल पण्डितले जम्मा ९ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १ र ५ काे अहिले मत गणना भईरहेकाे छ । १ नम्बरमा २३७ र ५ मा ३८८ मत गणना हुदा याे मत प्रााप्त भएकाे हाे । १४ हजार ७ सय ३७ मतदाता भएकाे बेलडाँडीमा जम्मा ९८३७ मत खसेका थिए ।
अन्य वडाकाे यस्ताे छ ।
वडा नम्बर- १ वडा अध्यक्ष पदमा
एमाले-८९
काँग्रेस-७८
समावादि-२७
राप्रपा-५
स्वतन्त्र-१०
वडा नम्बर- ५ वडा अध्यक्ष पदमा
काँग्रेस -१९३
एमाले-१४४
मा.के -२२
राप्रपा-२
पूरा लिष्ट

