बेलडाँडी निर्वाचन अपडेट: दिउसाे १ बजेसम्म ५० प्रतिशत भन्दा बढि मत खस्याे

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– बेलडाँडी गाउँपालिकामा दिउसाे १ बजे सम्म ५० प्रतिशत भन्दा बढि मत खसेकाे छ ।

बेलडाँडीका ८ वटा स्थल र १८ वटा केन्दमा १ बजे सम्मकाे अपडेड अनुसार ५० प्रतिशत भन्दा बढि मत खसेकाे बेलडाँडी निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रत्येक मतदान केन्द्रमा २५० देखि २७० काे हाराहारिमा मत खसेकाे बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसिले जानकारी दिनु भयाे ।

यसरी हेर्दा खसेकाे मत संख्याकाे दर उत्साजनक रहेकाे उनले बताए । समग्रमा पुरूषकाे तुलनामा महिला मतदाता संख्याकाे मत बढि खसेकाे छ ।

युवा देखिन बृद्व बृद्वाले उल्लास पुर्ण रूपमा मतदान प्रकृयामा सहभागी भई मतदान गरिहरेका छन् ।

बेलडाँडीमा ८ वटा स्थल १८ वटा केन्दमा मतदान कार्य व्यवस्थित रूपमा भईरहेकाे निर्वाचन अधिकृत केसिले बताउनु भयाे ।

निर्वाचनलाई निष्पक्ष, भयरहित ढंगबाट सम्पन्न  गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिईरहेका छन् ।

१४ हजार ७ सय ३७ मतदाता रहेको बेलडाँडीमा २७ पदका लागि १ सय १९ जना चुनावी मैदानमा उत्रिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *