कञ्चनपुर– बेलडाँडी गाँउपालिका ५ वटै वडामा मतदान केन्द्रमा निर्भयपुर्ण रूपमा मतदाताले मतदाज गरिरहेका छन् ।
बेलडाँडीका सबै वडामा विशेष सुरक्षाका साथ आम मतदातालाई निर्भयपुर्ण रूपमा मतदान कार्यमा सहभागि हुने बातावरणमा मतदान कार्य भईरहेकाे बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसिले बताउनु भयाे ।
उहाँले अधिकृत सुरेन्द्र केसीले निर्धारित समयमै मतदान शुरु भएको बताउदै मतदान केन्द्रमा सबैकाे पहुँच पुग्नेखालबाट आवश्यक व्यवस्थापन गरिएकाे बताए ।
उनका अनुसार पाँचै वडामा रहेका मतदान स्थलमा एक साथ मतदान शुरु भएर मतदाता अहिले ढुक्क संग मतदान गरिरहेका छन । विहान ७ देखि साझ ५ बजे सम्म मतदान गर्न सकिने समय तालिका रहेकाे बताए ।
बेलडाँडीमा ८ वटा स्थल १८ वटा केन्दमा मतदान कार्य व्यवस्थित रूपमा भईरहेकाे बताउनु भयाे ।
१४ हजार ७ सय ३७ मतदाता रहेको बेलडाँडीमा २७ पदका लागि १ सय १९ जना चुनावी मैदानमा उत्रिएका छन ।
पाँच बर्षपछि जनताले आफ्ना स्थानीय जनप्रतिनिधी छान्नका लागि आज(शुक्रबार) देशैभर मतदान गरिरहेका छन ।

