रमेश प्रसाद भट्ट/कञ्चनपुर- बेलडाँडी गाउँपालिका वडा नम्बर २ मा नेपाली काँग्रेस पार्टीका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार नारद सिह उर्याललाई स्वतन्त्र उम्मेदवार दिपेन्द्र सिह धामिले समर्थन गर्ने भएपछि थप जनलहर बढदै गएको छ ।
सोमबार वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार युवा दिपेन्द्र सिह धामिले काँग्रेसका नेता समेत रहेका वडा अध्यक्षका उम्मेदवार उर्यालको पक्षमा समर्थन जनाएपछि थप जनलहर थपिदै गएको हो ।
निर्वाचनको मिति आउन ४ दिन मात्र बाकि रहदा स्वातन्त्र उम्मेदवार धामिले नेपाली काँग्रेस पार्टीका तर्फबाट बेलडाँडी २ का वडा अध्यक्ष पदका उम्मेदवार उर्याललाई नतिजा आफ्नो पक्षमा पार्न थप सजिलो बन्ने भएको छ । धामिले एक नोट जारी गदै आफ्नो साथ सहयोग उर्याललाई गरेको बताएका हुन ।
बेलडाँडीको सबै भन्दा ठुलो वडा रहेका २ नम्बर वडामा एक पदका लागि ९ जनाको उम्मेदवारी परेको छ । जसमा एमाले, काँग्रेस, राप्रपा, माओवादी र समाजवादीको गठबन्धन, ५ जना स्वतन्त्रको उम्मेदवारी रहेको छ । यसरी हेर्दा काँग्रेस नेता उर्यालको पक्षमा जनलहर रहेको पाईन्छ ।
सामाजिक राजनैतिक हिसावले निकै भद्र, सालिन , ईमान्दारिता र लोकप्रिय पाका नेताका रुपमा चिनीने वडा अध्यक्ष पदका उम्मेदवार उर्यालको जन्म वि.स. २०२१ सालमा डडेल्धुरा जिल्लामा भएको थियो । उहाँ कलिलै युवा उमेरमा डडेल्धुरा देखि कञ्चनपुरको बेलडाँडीमा स्थाई रुपमै बसोवास गरेका थिए ।
उनी २०४० सालमा पढदै गर्दा नेपाल विद्यार्थी संघबाट राजनैतिक यात्राको शुरुवात गरेका उर्यालले २०४६/०४७ सालको जनआन्दोलनमा समेत सरिक भएका थिए ।
त्यसपछि बेलडाँडी क्षेत्रमा निकै सलिन व्यक्तित्वका हिसावले प्रख्यात रहेका उहाँ सामाजिक थुप्रै संघ संस्थाहरुमा आवद्ध भई समाज सेवा गदै आउनु भएको थियो । लामो समय नेपाली काँग्रेसको कार्यकर्ताका रुपमा रहनु भएका नेता उर्यालले धेरै त्याग तपस्या पश्चात पार्टीले उच्च मुल्यांकन गरि बेलडाँडी-२ को वडा अध्यक्षको रुपमा अघि सारेको हो ।
अहिले चुनावी प्रचार प्रसारमा उहाँको चारै तिर प्रशंसा रहेको पाईन्छ । उहाँले भने ‘चुनाव जिते पश्चात मैले पाउने सेवा सुविधाबाट असाहाय, गरिव, अपागं, टुहुरा वालबालिका, र अन्य सामाजिक कार्यमा लगाउने प्रण समेत गरेका छन् ।’


