माओवादी केन्द्रका नेता यज्ञ कडेललाई पार्टीबाट निष्काशित

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेकपा माओवादी केन्द्रका केन्द्रीय लेखापरीक्षण आयोगले कञ्चनपुरको बेलौरीमा माओवादी नेता यज्ञराज कडेललाई कार्बाही गरेको छ ।

नेकपा माओवादी केन्द्रीयका लेखा परीक्षण आयोगले कडेललाई पार्टीका कुनैपनि जिम्मेवारीमा नरहने गरी कार्बाही गरेर निष्काशित गरिएकाे हाे ।

नेता कडेलले पार्टि बिरोधी गतिबिधीमा संलग्न भई प्रतिगामी शक्तिको सहयोग र सर्मथनमा लागेको प्रमाण फेला परेकाले  केन्द्रीय लेखा परीक्षण आयोगको नियमावली ०७८ को नियम ४ उप नियम १ (च) बमोजिम २१ बैशाखदेखि लेखा परीक्षण आयोगको सदस्यबाट समेत निष्काशन गरिएकाे केन्द्रय लेखा परिक्षण आयाेगले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ ।

लेखा आयोगका सचिव टिएन आचार्य र अध्यक्ष पेशल कुमार खतिवडाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा पार्टिका अन्य कुनै जिम्मेमा रहेको भए सबै जिम्मेबारीबाट मुक्त गरी निजको पाटी सदस्यमा समेत खारेजी गरी दिन हुन केन्द्रीय कार्यालयमा अनुरोध गरिएको छ ।

माओवादीबाट बेलौरी मेयरका लागि देखिएका कडेल टिकट नपाएपछि बिहीबार एमालेमा प्रवेस गर्दैछन । यस अघि ०७४मा भएको स्थानीय तह निर्वाचनमा तत्तकालिन एमाले नेता पल्लव भट्टलाई टिकट दिएको भन्दै असन्तुष्ट भएर माओवादी प्रवेस गरेका थिए ।

अहिले माओवादीमा थारु नेतालाई नै टिकट दिएको भन्दै एमाले प्रवेसको तयारीमा लागेकाे बताईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *