रमेश प्रसाद भट्ट/कञ्चनपुर- स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र ने.क.पा.एकीकृत समाजवादीका तर्फबाट बेलडाँडी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार ईश्वरी दत्त भट्टले ५० युनिट विजुली फ्रि, पालिका स्तरमा सुविधा सम्पन्न अस्पताल देखि गाउँमै रोजगारी दिउने संकल्प गरेका छन् ।
अध्यक्ष पदका उम्मेदवार भट्टले शिक्षा,स्वास्थ्य, रोजगार, कृषि, पर्यटन, सुविधा सम्पन्न अस्पताल, रोजगार देखिन थुप्रै कार्य गर्ने प्रतिवद्धता सहितको संकल्प गदै आफ्नो घोषणा पत्रमा उल्लेख गरेका हुन । उहाले आफ्नो प्रतिवद्धता सहितको घोषणा पत्रमा बेलडाँडीमा विशेषज्ञ सहितको अस्पतालको निर्माण, सबै वडाका आधारभूत स्वास्थ्य इकाई कार्यालयलाई व्यवस्थित गरिने, सामुदायिक औषधी पसल सञ्चालन गरिने, प्रत्येक ६ महिनाको अन्तरालमा जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गराउने व्यवस्था गरिने घोषणा पत्रमा उल्लेख गरेका छन् ।
यस्तै प्रविधिमैत्री नमुना विद्यालयको स्तरोन्नती गरि प्राविधिक शिक्षामा आम नागरिकको सहज पहुँचको पुस्तकालय निर्माण गर्ने, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गरि सरकारी विद्यालयलाई गुणस्तरीय बनाईने बताएका छन् ।
यसै गरीअध्यक्षका उम्मेदवार भट्टले सार्वजनिक गरेको घोषणपत्रमा पालिकास्तरमा प्रत्येक वर्ष तीन सय जना युवालाई रोजगारमुखी तालिम प्रदान गरिने जनाएको छ । जेहेन्दार, विपन्न, सहिद र वेपत्ता परिवारका सन्ततिका लागि उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति कोषको स्थापना गरिने, स्थानीय उत्पादित कृषि सामग्री संकलनका लागि पालिका स्तरीय कोल्ड स्टोर स्थापनाका साथै विउविजन संकलन र संरक्षण केन्द्रको स्थापना, पालिका स्तरीय विउविजन ।
मलखाद विक्रि डिपो स्थापना, कृषि पोकेट क्षेत्र निर्धारण गरी कृषकहरुको वर्गिकरण र कृर्षकको तालिम अभिमुखीकरणका साथै अनुदान प्रात्साहन गरि कृषि विमा कार्यक्रम कार्यान्वयनमा ल्याउने, पालिका स्तरीय दुग्ध संकलन केन्द्र स्थापना गरिने, कच्चा पदार्थमा आधारित घरेलु उद्योग स्थापनामा जोड, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सँग सहकार्य गरी यस क्षेत्रकै उत्कृष्ट प्रयटकीय स्थल कालिकीच ताललाई पर्यटकीय स्थलनिर्माणको गुरुयोजना बनाइने, स्थानीय स्तरका कला संस्कृति तथा परिकारको पहिचान, प्रचार र व्यावसायिकीकरण गर्दै आय आर्जनको स्रोतका रुपमा विकास गरिनेछ ।
पालिका स्तरीय खेलमैदान सहित सुविधा सम्पन्न कर्बडहलको निर्माण गरिनेछ, एक विद्यालय एक खेल शिक्षकको व्यवस्था गरिने, स्थानीय स्तरमा छरिएर रहेको पुँजी संकलन गरि पुँजि निर्माण र सो पुजिँलाई उत्पादनमुखि क्षेत्रमा लगानी गरी रोजगार सृजना गर्न सहकारीको स्थापना, व्यवस्थापन र नियमन गरिने, सबै किसिमका सामाजिक सुरक्षा भत्ता घरमै भुक्तानीको व्यवस्था मिलाउने समेत प्रतिवद्धता पत्रमा राखेका छन् ।
जन्म र मुत्यु दर्ता निशुल्क गर्ने व्यवस्था मिलाइनेछ, पालिका स्तरमा वास्तविक बेरोजगारको पहिचान र तिनीहरुका लागि सिपमूलक तालिमको व्यवस्था गरी स्वरोजगार बनाउने, अग्नि नियन्त्रण साधनको व्यवस्था गरिनेछ, आरक्ष पिडित कृषकहरुको समस्या समाधान गर्ने, सिमसार क्षेत्रमा डे«नको व्यवस्थाका साथै नदि कटान क्षेत्रमा दिर्घकालिन टतबन्ध निर्माण गरिने, आरक्ष नजिकका क्षेत्रहरुमा जंगली जनावरको जोखिम न्युनीकरण गर्नका लागि गुरुयोजना निर्माण गरिने घोषणा पत्रका उल्लेख गरिएको छ ।
“५० युनिटसम्म विजुली निशुल्क, निजी स्रोत शिक्षकलाई गाउँपालिकाको अनुदान कोटा शिक्षकमा रुपान्तरण गर्ने, जेष्ठ नागरिक र गर्भवति महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, रेबिज र सर्पदंस केन्द्रको स्थापना, कालिकिच ताललाई प्रयटकीय हवको रुपमा प्रवद्र्धन गर्ने, प्रत्येक ६/६ महिनामा विशेषज्ञ डाक्टर द्वारा निशुल्क स्वास्थ्य शिविर, सबै छात्राहरुलाई सेनेटरी प्याड निशुल्क उपलब्ध गराउँदै कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरिनेछ ।
सामुदायिक विद्यालयका शिक्षकहरुलाई तलब भत्ता मासिक रुपमा उपलब्ध हुने व्यवस्था गरिने बेलडाँडी नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका उम्मेदवारको घोषणा–पत्रमा उल्लेख गरिएको छ ।
बेलडाँडीमा नेपाली काग्रेस, नेकपा एमाले, राप्रपा पार्टी बेग्ला बेग्लै रुपमा प्रस्पिर्धामा उत्रीएका छन्, भने माओवादी केन्द्र र समाजवादी पार्टीले गठबन्धन गरी साझाँ उम्मेदवारी दिएका छन ।







