बेलडाँडीमा अहिले सम्म २ वडा अध्यक्ष २ सदस्यले लिए उम्मेदवारी फिर्ता

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– आसन्न बैशाख ३० गते सम्पन्न हुने स्थानिय तहकाे निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने अन्तिम दिन अहिले सम्म बेलडाँडी गाउँपालिकामा २ जना वडा अध्यक्ष २ सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा ५ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार जनमाेर्चा पार्टीका दासु राना र स्वततन्त्र बाट ४ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार कृष्ण लाल चाैधरी, ४ नम्बरबाट माओवादी केन्द्रकी दलित महिला सदस्य सुकमाया दमाई, र ५ नम्बर वडाबाट जसपा पार्टीका खुला सदस्यका उम्मेदवार बाहादुर डगाैराले उम्मेदवारी फिर्ता लिएकाे निर्वाचन अधिकृतकाे कार्यालय बेलडाँडीले जनाएकाे छ ।

निर्वाचन आयाेगकाे कार्यतालिका अनुसार आज साँझ ५ बजे सम्म उम्मेदवारी फिर्ताकाे समय रहेकाे छ ।

विभिन्न दल र स्वतन्त्र गरि २७ पदका लागि १२२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *