कञ्चनपुर- नेपाली काँग्रेस कञ्चनपुरका लोक प्रिय युवा नेता जनक सिंह धामिले आफु माथि पार्टीले अन्याय गरेको बताउनु भएको छ । सामाजि सञ्जाल मार्फत काँग्रेस युवा नेता धामिले स्थानिय तह निर्वाचनमा बेलडाँडीबाट अध्यक्ष पदको उम्मेदवार आफु पनी रहेको तर लोमो राजनैतिक त्यागको कुनै मुल्यांकन नगरी आफुमाथि पार्टीले अन्याय गरेको तर पार्टीको राजनितिबाट विचलित नभएको बताउनु भएको हो ।
बेलडाँडी गाउँपालिकामा काँग्रेस पार्टीबाट बलिया उम्मेदवारका रुपमा सिफारिस भएका धामि माथि पार्टीको नेतृत्व पंत्तिले पुर्वाग्रही ढंगले अन्याय गरेको उनको आरोप रहेको छ । पार्टीका केहि नेतृत्वमा रहेकाले मलाई टिकट दिनमा वञ्चित गर्यो तर पनी आफु नेपाली काँग्रेसको राजनितिबाट विचलित नहुने फेसबुक स्टाटस मार्फत बताएका छन् । उनले भनेका छन् ‘जे जसो भएपनी सबैले एक भई लाग्न सबैलाई सुभ-चिन्तकलाईआग्रह समेत गरेका छन् ।
नेता धामी राजनीतिक नेतृत्वमा पुगेर उत्कृष्ट नीति निर्माण गरि जनताको जिवन सहज बनाउने अभिप्रायले २०५३ सालमा कञ्चनपुर जिल्लाको गड्डाचौकीमा स्थायी शिक्षक भई सेवा गरेको ४ बर्ष नवित्दै शिक्षकको जागिरबाट राजिनामा गरेर खुला राजनीतिमा हुमिएका थिए ।
२०४६ सालको जनआन्दोलनमा आन्दोलनलाई जलमल गरेकै कारण धामी विद्रोही भन्दै तत्कालीन सरकारको पालामा जेल जिवन समेत विताए । उहाँ नेपाली काँग्रेस कञ्चनपुरका गतिशिल, ईमान्दार र कर्तव्यनिष्ठ नेताका रुपमा परिचित प्रतिबिम्बका रुपमा चिनिनु हुन्थ्यो ।
तीन दशक भन्दा बढी समयदेखि काँग्रेसमा राजनीतिक गर्दै आएका धामीलाई पार्टीले उचित मुल्याँन गर्न सकेन । उनको लोकप्रियता एवं लगनशिलताका कारण काँग्रेसमा मात्र नभई जनतामाँझ पनि उतिकै परिचित रहेका छन् ।
०४५ साल किशोरा अवस्थादेखि काँग्रेस राजनीतिमा होमिएका नेता धामी जेलनेलदेखि थुप्रै संघर्ष गरेका छन । ०४५ मा नेवि संघबाट राजनीतिक यात्रा तय गरेका धामी, ०४६ जनआन्दोलनमा जेल, ०४७ मा सिद्धनाथ बुहुमुखी क्याम्पस नेवि संघ एकाई अध्यक्ष, ०४९ मा सोही क्याम्पस नेवि संघबाट स्ववियू सभापतिका उम्मेदवार बनेका थिए । ।
०४९ देखि ०५१ सम्म नेवि संघ कञ्चनपुर सचिव, ०५१ देखि ०५३ नेपाल शिक्षक संघ कञ्चनपुर सचिव, ०५५ सुकुमबासी आयोगमा जिल्ला सदस्य, ०५६ मा आम निर्वाचन हुँदा केन्द्रीय पर्यवेक्षकको रुपमा दार्चुला खटिए ।
०५८ सालमा काँग्रेस क्षेत्र नम्बर २ को उप सभापति, ०५९ क्षेत्रीय सभापति, ०७२मा १३औँ महाधिवेशनबाट कञ्चनपुर जिल्ला सदस्यमा निर्वाचित भएका थिए । २०७८ सालमा १४ औ महाधिवेशनमा कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी हुँदै जिल्ला कार्य समितिको सचिव पदमा सम्मान जनक मत ल्याई पराजित भएका थिए ।
उहाँले लेख्नु भएको फेसबुक स्टाटस यस्तो छ……..


