बेलाैरी नगरपालिकामा ५२ पदका लागि २४० जनाकाे उम्मेदवारी  दर्ता

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  जिल्लाकाे बेलाैरी नगरपालिकामा ५२ पदका लागि २४० जनाकाे उम्मेदवारी दर्ता भएकाे छ ।

मनाेनयन गर्ने अन्तिम दिन साेमबार १२ गतेका दिन मेयर उप-मेयर, वडा अध्यक्ष र अन्य सदस्यहरू गरी ५२ पदका लागि २४० जनाकाे उम्मेदवारी परेकाे बेलाैरीका निर्वाचन अधिकृत तारा सिह धामिले कञ्चनपुर खबरलाई जानकारी दिनुभयाे  ।हाल बेलाैरीमा १० वटा वडाहरू छन् ।

 जसमा उम्मेदवारी दिनेहरुमा नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा समाजवादी पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय जनमोर्चा,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल,जनता समाजवादी पार्टि गरि ८ पार्टि र केही स्वतन्त्रले उम्मेदवारी दर्ता गराएकाे निर्वाचन अधिकृत धामिले बताए ।

बेलौरी नगरपालिकाको मेयरका लागी ६ जना, उपमेयरमा ७ जना,वडा अध्यक्षमा ४९ जना,महिला सदस्यमा ४५ जना,दलित महिला सदस्यमा ३८ जना र सदस्यमा ९३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यलय बेलौरीका निर्वाचन अधिकृत धामीले जानकारी दिनुभएको छ ।

नेपाली कांग्रेसबाट बेलौरी नगरपालिकाको मेयर पदमा हरेन्द्र सिंह बिष्ट,उपमेयरमा खिना भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै नेपाली कांग्रेसबाट बेलौरी नगरपालिका वडा अध्यक्षमा वडा नम्बर-१ मा खुसिराम चौधरी,२ मा राजबहादुर चौधरी, ३ मा जुद्धीराम राना थारु,४ मा पेपुराम चौधरी, ५ मा जित बहादुर चौधरी, ६ मा दिपक सिंह बिष्ट, ७ मा प्रकाश श्रेष्ठ, ८ मा मदन सिंह ऐरी,९ मा किशन सिंह राना र १० मा तारा देवी खड्काको उम्मेदवारी परेको छ ।

यस्तै नेकपा एमालेबाट मेयर पदमा कूमारी कमला बोहरा,उपमेयरमा जोगराम चौधरीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै वडा अध्यक्षमा नेकपा एमालेबाट वडा नम्बर १ मा नवराज शाही,२ मा कलविर चौधरी, ३ मा सिताराम रिजाल,४ मा अर्जुन ढकाल, ५ मा साईतु कुमार चौधरी, ६ मा भोजराज चौधरी डगौरा, ७ मा प्रकाश राज भट्ट, ८ मा गजेन्द्र चन्द,९ मा दिपकराज ओझा र १० मा लोकेन्द्र प्रसाद जोशीको उम्मेदवारी परेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रबाट बेलौरी नगरपालिकाका मेयरमा पोतीलाल चौधरी र उपमेयरमा मञ्जु शाहाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १ मा धन बहादुर बिष्ट,२ मा झक बहादुर सिरिस, ३ मा हर्क बहाद्र भुल,४ मा रामेश्वर न्यौपाने, ५ मा लाल बहादुर चौधरी, ६ मा रामप्रकाश बडायक, ७ मा प्रेमलाल चौधरी, ८ मा विषराम राना,९ मा धरम सिंह ऐरी र १० मा तारा सोमलाल चौधरीको उम्मेदवारी परेको छ ।

यस्तै नेकपा एकिकृत समाजवादी पार्टीबाट बेलौरी नगरपालिकाको मेयरपदमा उम्मेदवारी परेको छैन् उपमेयरमा भने नन्द कुमार रानाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै नेकपा एकिकृत समाजवादी पार्टीबाट बेलौरी नगरपालिका वडा नम्बर ३ मा दिल बहादुर खडका र ९ मा सम्शेर सिंह पेलाको उम्मेदवारी परेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेलौरी नगरपालिकाको मेयरपदमा रामदत्त जोशी र उपमेयरमा लालमती बडायक रानाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नम्बर १ मा दिपक सिंह,२ मा लक्ष्मण चौधरी, ३ मा कर्ण देव भट्ट,४ मा जनक बहादुर चन्द, ५ मा मोहन सिंह बिष्ट, ६ मा लच्छुराम राना, ७ मा गोबिन्द प्रसाद आर्चाय, ८ मा सुवाश चन्द,९ मा केशव सिंह ठकुरी र १० मा सुकराम चौधरीले उम्मेदवारी परेको छ ।

यस्तै राष्ट्रिय जनमोर्चाबाट मेयरपदमा रंगबहादुर चौधरी र उपमेयर पदमा लक्ष्मीदेवी चौधरीले उम्मेदवारी दिनुभएको छ।

यस्तै वडा अध्यक्षमा राष्ट्रिय जनमोर्चाबाट वडा नम्बर २ मा सुशिला देवी नेपाली र ९ मा अन्तराम चौधरीको उम्मेदवारी परेको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालबाट बेलौरी नगरपालिकाको मेयरपदमा उम्मेदवारी परेको छैन् भने  उपमेयरमा पार्वती रानाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालबाट बेलौरी नगरपालिकाको वडा नम्बर ६ मा खुशीराम चौधरी र ८ मा शिवरानी रानाको उम्मेदवारी परेको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट बेलौरी नगरपालिकाको मेयरपदमा बुझौना चौधरी थारुले उम्मेदवारी दिनुभएको छ । भने उपमेयरमा उम्मेदवारी परेको छैन् ।

यस्तै बेलौरी नगरपालिकाकोको केही वडाहरुमा स्वतन्त्र उम्मेदवारको पनि उम्मेदवारी परेको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
स्वतन्त्र उम्मेदवारहरुमा बेलौरी नगरपालिका वडा नम्बर ९ मा बलदेव भट्ट, वडा नम्बर १० मा लाल बहादुर चौधरी र हस्त बहादुर चन्दले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *