काँग्रेसबाट बेलडाँडी-२ महिला सदस्यमा पाँका नेता हर्कमति उपाध्यायकाे उम्मेदवारी

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेपाली काँग्रेसबाट बेलडाँडी-२ काे महिला सदस्यमा पुराना महिला नेता हर्कमति देवि उपाध्यायले उम्मेदवारी दिनु भएकाे छ ।

बेलडाँडी-२ ढकनियाँ स्थाई घर भएका काँग्रेसका पुराना महिला नेताका रूपमा परिचित उपाध्यायले वडा महिला सदस्य पदमा उम्मेदवारी दिएकाे बताउनु भयाे ।

विगत लामाे समय काँग्रेसकाे राजनिति संग सामाजिक सेवाका कार्यमा सरिक नेता उपाध्यायले न्यायका पक्षमा सधै आवाज उठाउदै आउनु भएकाे छ ।

उनले भने ” सदस्य भएर पनि वडा भित्रका हरेक समस्या सामाधानका लागि हराेरात्र लाग्ने प्रतिवद्वता व्यक्त गरे ।”

करिब तीन दसक देखि काँग्रेसकै राजनीति यात्रा मा होमिएकी उनले कहिल्यै पद खाेजेनन् ।
१२ औं महाधिवेशन देखि क्षेत्रीय प्रतिनिधि। महिला संघ क्षेत्रीय सदस्य रहिकी उपाध्याय हाल प्रदेश महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *