रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेकपा एमालेबाट बेलडाँडी गाउँपालिका अध्यक्ष पदमा अक्कल बहादुर विष्टले उम्मेदवारी दर्ता गराएका छन ।
नेकपा एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका युवा नेता विष्टले बेलडाँडीलाई विकास निर्माण देखिन पर्यटन प्रवद्र्धनका सवालमा स्मार्ट गाँउ बनाउने प्रतिवद्धता सहित गाउँपालिका अध्यक्ष पदमा सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
नेकपा एमाले पार्टीमा निकै लामो समय राजनैतिक क्षेत्रमा लागि समाज सेवामा जुटेका विष्टले बेलडाँडीलाई शिक्षा, स्वास्थ्य, खानेपानी, उद्योग, कृषि, र पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने बताउनु भएको छ । उनले भने “यस पालिका भित्र रहेको मुख्य समस्या युवा वेरोजगारको अन्त्य गरी हरेक विकास निर्माणका सवालमा उकृष्ट काम गरी एक नमुना गाउँ पालिकाका रुपमा चिनाउने बताए ।”
वि.स. २०४६ साल को आन्दोलनमा सहभागी भएका नेता विष्ट २०५० सालमा अनेरास्ववियुको रौलेस्वर निमाबी बेलडाँडी कमिटी सदस्य रहदै २०५६ साल देखि एमाले पार्टीको सङ्गठित सदस्य २०५७ सालमा हलिया मुक्ती आन्दोलन आन्दोलनको नेतृत्व समालेका समेत थिए ।
उनले २०६२ /६३ को जन-आन्दोलनमा प्रहरी हिरासतमा एक महिना कारागार समेत बसेका हुन ।
त्यस पछि युवा संघको जिला कमिटीामा तत्कालीन अञ्चल कमिटी सदस्य हुँदै हाल एमाले जिल्ला कमिटी सदस्यमा रहेका नेता विष्टकाे राजनैतिक ईतिहास रहेकाे छ । हाल आएर बेलडाँडी गाउँपालिका अध्यक्ष पदका लागि पार्टीबाट उम्मेदवार बनेका छन् ।
स्थानिय देखि जिल्ला सम्मका विभिन्न समिति उप-समितिमा समेत आबद्व भई सामाज सेवा मेलक कार्यमा समेत अग्रसर हुनुहुन्छ ।
निकै शालि एवं भद्र मिजासिला स्वभावका नेता विष्ट थुप्रै सामाजिक सेवा मुलक कार्यमा अग्रसर हुदै आएका थिए । नेकपा एमालेको नारा सुखि नेपाली समृद्ध नेपालको नारालाई आत्मासात गरी सोहि बमोजिम काम गर्ने समेत बताए । पार्टीले दिएको जिम्मोवारीलाई कर्तव्य निष्ठ ढंगले निभाने समेत प्ररण गरे ।
मुख्य समस्याको रुपमा रहेको बेरोजगारीको अन्त्य गर्न गाउँपालिका भित्रै रोजगारी सिर्जना गरी बेरोजगारको अन्त्य गरी बेलडाँडीको अर्को समस्या सिमसार क्षेत्रलाई खेति योग्य बनाउन विशेष योजनाका साथ काम गर्ने समेत नेता विष्टले आफ्नो घोषण पत्रमा उल्लेख गरेका छन् ।
विद्यार्थी जिवनबाट राजनिति शरु गरेका नेता विष्ट समाजका हरेका कार्यमा निःस्वार्थ रुपमा लाग्ने गर्दथे । स्थानीय स्तर देखि केन्द्रीय राजनिति सम्म राम्रो पहुँच बनाउन सफल भएका नेता विष्टले आफुलाई बेलडाँडी गाउँपालिका अध्यक्ष पदमा विजयी गराई दिन सबै गाँउपालिका वासिहरुमा अनुरोध समेत गरेका छन् ।
टिम एस प्रकार रहेको छ ।
उपाध्यक्ष- फुल कुमारी राना
वडा नम्बर-
१- शंकर दत्त भट्ट
२- प्रेमराज खाति
३- गणेश बहादुर विष्ट
४- वीर बहादुर खडका
५- भिम बहादुर खडका

