कञ्चनपुर– नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका सभापति जग बहादुर विष्टले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन ।
३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन काँग्रेस गाँउ सभापति विष्टले बेलडाँडी गाँउपालिका- १ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन ।
यस अघि पनि विष्ट ०७४ मा थोरै मतले पराजित भएका थिए । यस पटक पनि पार्टीले विष्टलाई पुन वडाध्यक्षको जिम्मेबारी दिएको छ ।
गाँउ सभापतिमा निर्वाचित भएका विष्टले वडाध्यक्षमा उम्मेदबारी दर्ता गराएसंगै चुनावमी मैदानमा खटिएका छन । १३औँ महाधिवेशनबाट काँग्रेस गाँउ सचिवमा रहेका विष्ट अहिले पार्टीको मुल जिम्मेबारीमा पनि छन ।
३५ बर्षिया काँग्रेस युवा नेता विष्ट किशोरा अवस्थादेखि काँग्रेसको राजनीतिमा होमिएका थिए । स्थानीय रौलेश्वर उच्च मावि अध्ययन गर्दादेखि नै उनी काँग्रेसको राजनीतिमा जोडिएका हुन ।
पारिवारिक खान्दानी नै काँग्रेसमा भएकाले उनले पनि किशोरा अवस्थादेखि काँग्रेसकै राजनीति गरिरहेका छन । विभिन्न समाजिक संघ संस्था एव युवा उद्यमीमा समेत सकृय रहेका विष्टलाई काँग्रेस युवा पङक्तिको साथ सर्मथन रहेको छ ।
बेलडाँडी युवा समुहको अध्यक्ष, महाकाली सिँचाई द्वितिय चरण ६ ब्लकको अध्यक्ष समेत रहेका विष्टले विगतमा बेलडाँडी क्षेत्रका युवाका लागि खेलकुद सहितका विभिन्न योजना संचालन गरेका थिए ।
समाजसेवीका रुपमा परिचित विष्टले वडाको दिगो विकासका लागि आफु उम्मेदवार बन्न तयार रहेको बताए ।

