कञ्चनपुर -नेकपा एमाले कञ्चनपुरका नेता दिपेन्द्र सिह धामीले बेलडाँडी गाँउपालिका- २ को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन । एमाले युवा नेता धामीले यस पटक बेलडाँडी-२ को वडाध्यक्षमा उममेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन ।
झण्डै दुई दशकदेखि एमाले विद्यार्थी, युवा हुँदै पार्टीका काम गरेका धामीले यस पटक वडाध्यक्षको यात्रा तय गरेका हुन । पार्टीले टिकट नदिए पनि स्वतन्त्रबाट उम्मेदवारी दिएकाे उनले बताउनु भयाे ।
ईमान्दारीताका प्रतिकमा रुपमा परिचित धामीले वडामा हुने भ्रष्टाचार रोकथाम गर्दै विकासका लागि उम्मेदवारी दिएको बताए । उनले भने ” समाजका हरेक विकास निर्माणका सावालमा काम गर्ने प्रतिबद्वता जनाएका छन् ।”

