कञ्चनपुर -नेकपा माओवादी केन्द्र बेलौरी नगरपालिका-५ का वडाध्यक्ष साईतु कुमार चौधरी माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेस गरेका छन ।
सोमबार एमाले सुप प्रदेश इन्चार्ज लेखराज भट्टले चौधरीलाई अत्तरिया आफ्नै निवासमा एमाले प्रवेस गराएका हुन ।
माओवादीबाट निर्वाचित वडाध्यक्ष चौधरीलाई एमालेमा प्रवेस भएपछिल स्थानिय तह निर्वाचनमा टिकट दिईने एमाले कञ्चनपुरले जनाएको छ ।
एमाले कञ्चनपुरका निर्वतमान अध्यक्ष बिर बहादुर थापा (पातल)ले चौधरीलाई उचित जिम्मेबारी दिईने बताका छन् ।
‘हाम्रो पार्टीमा आएका चौधरीलाई पुन वडामा टिकट दिन्छौँ, ‘उनले भने, ‘आज स्वागत गरियो ।’ नेकपा हुँदादेखि चौधरी ओली खेमातिरै थिए । अहिले औपचारिक रुपमा मात्रै एमाले प्रवेस गरेको टिका लगाएका छन ।


