गठबन्धन स्वीकार्य हुदैन, एक्लै चुवाव लड्छाै: बेलाैरी काँग्रेस

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर– नेपाली काँग्रेस बेलाैरी नगरकार्य समितिले गठबन्धन स्वीकार्य हुदैन भन्दै एक्लै चुनाव लडने निर्णय गरेकाे छ ।

विहिवार नेपाली काँग्रेस बेलाैरी नगरकार्य समितिकाे बैठकले जनताकाे भावना अनुरूप कुनै पनि पार्टीकाे बैशाखि टेक्न आवश्यक नरहेकाे भन्दै एक्लै चुवान लडने निर्णय गरेकाे हाे ।

निर्वाचनमा बेलाैरी काँग्रेसले कसैकाे बैशाखि नटेकी एक्लै चुवान लडने निर्णय गरेकाे काँग्रेस बेलाैरीका सचिव कन्हैया रानाले जानकारी दिनु भयाे ।

उहाँका अनुसार “ काँग्रेसकाे चुनाव चिन्ह रूख बाहेक कुनै पनि पार्टीकाे चुनाव चिन्हमा भाेट नमाग्ने र बेलाैरी काँग्रेस सिगाे एकताबद्व भई अघि बढने निर्णय गरेकाे बताए ।´´

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *