कञ्चनपुर – बेलाैरी नगरपालिका कृषि विकास शाखा द्धारा कृषि सामग्री हस्तान्तरण गरिएको छ । बेलाैरी ५ सुदर्शनपुरमा रहेको गाेचाली कृषक समूहलाई शनिबार कृषि सामग्री हस्तान्तरण गरिएको कृषि विकास शाखा प्रमुख सुमन राज जाेशीले जनाए ।
बेलाैरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चाैधरीकाे प्रमुख आतिथ्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकाे धान पकेट विकास कार्यक्रम अन्तर्गत कृषि सामग्री हस्तान्तरण गरिएको शाखा प्रमुख जाेशीले बताए ।
भने उता स्थानीय भलमन्सा एवम् गाेचाली कृषक समूहका सल्लाहकार कृष्ण गम्वाका अनुसार समूहलाई आठ थान पम्पसेट, एक थान पावर टिलर, तीन माेटर, आठ थान स्प्रे ट्याङ्की र पन्ध्र क्विन्टल धानको बीउ वितरण गरिएको छ ।
समूहले सहुलियतमा धान लगायत कृषि सामग्री पाएकोमा नगरपालिकालाई धन्यवाद दिदै सल्लाहकार गम्वाले खुसी व्यक्त गरे ।
यस्तै, बेलाैरी नगरपालिका कृषि विकास शाखाको वार्षिक स्वीकृत बजेट अनुसार पचास प्रतिशत अनुदानमा आधारित कृषि यन्त्र वितरण गरिएको कृषि प्राविधिक सुशीला बाेहराले बताइन् ।
यस्तै, कृषि सामग्री हस्तान्तरण कार्यक्रमकाे प्रमुख दिर्घाबाट बाेल्दै नगर प्रमुख पाेतिलाल चाैधरीले कृषि पेशामा आत्मनिर्भर किसानहरुकाे दैनिकी सहज पार्ने उद्देश्यका साथ नगरपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेकाे बताए ।
उनले बेलाैरी नगरपालिका भित्र रहेका प्रत्येक कृषक समूहलाई माग अनुसार अनुदानमा आधारित कृषि सामग्री वितरण गरिदै आएको समेत जनाए ।
उनले यहाँका किसानहरुकाे समस्यालाई मध्यनजर गर्दै बेलाैरीमा कृषिक्रान्ति नै ल्याउने उद्देश्यका साथ नगरपालिका लागि परिरहेको धारणा राखेँ ।
उता गाेचाली कृषक समूहले अनुदानमा कृषि सामग्री पाएकाेमा सहभागीहरुले नगरप्रमुख चाैधरी प्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा स्थानीय भलमन्सा एवम् कृषकहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो ।

