कांग्रेसको निर्वाचन प्रचार समितिमा ६७ जना मनोनीत

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा ६७ जना मनोनयन गरेका छन् ।

केन्द्रीय कार्यसमितिको चैत १५ गते बसेको बैठकले गठन गरेको प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वको प्रसार समितिमा केन्द्रीय सदस्य र भ्रातृ संस्थाका प्रमुखहरुलाई मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया, अम्बिका, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, टेकबहादुर गुरुङ लगायत छन् ।

उक्त समितिमा तरुण दल अध्यक्ष विद्धान गुरुङ, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, नेपाल दलित संघ अध्यक्ष शम्भु हजारा पासवान, राष्ट्रिय मगर संघ अध्यक्ष ओम थापा मगर पनि परेका छन् ।

कांग्रेसले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि प्रचार प्रसार समिति बनाएको हो । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *