कञ्चनपुर -बेदकोटलाई साक्षर नगरपालिका घोषणा गरिएको छ । मंगलबार भुवनेश्वरी मावि सिशैयाको प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दैै बेदकोटलाई साक्षर नगर घोषणा गरिएको हो ।
बेदकोट नगरपालिकामा साक्षरता ९५ प्रतिशत भन्दा बढी भएको हुँदा बेदकोटलाई साक्षर नगरपालिका घोषणा गरिएको नगर प्रमुख अशोक कुमार चन्दले बताए । निकट भविस्यमानै बेदकोटलाई पूर्ण साक्षर घोषणा गरिने नगरप्रमुख चन्दको दाबि छ ।
नगरपालिकाको साक्षरता अभियान पश्चात बेदकोटमा ३.५ प्रतिशत मात्रै जनता निरक्षर रहेको र उनीहरुका लागि पनि विभिन्न चरणमा साक्षरता कार्यक्रमहरु सञ्चालन गरिने बेदकोटका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।

