आज रानाथारू समुदायकाे खख्डेहरा पर्व मनाईदै,, सुपमा सार्वजनिक विदा

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – शुक्रबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायको होलीपछिको खख्डेहरा पर्वको अवसरमा आज बिदा दिएको हो।

कैलाली र कञ्चनपुरमा मात्रै बसाेवास रहेका रानाथारू समेदायले  आज धुमधामबा साथ खख्डेहरा पर्व मनाई रहेका छन् । सरकारले रानाथारू जातिले मनाउने पर्वकाे दिनमा सरकारले विदा दिएकाले राना समुदायकाे सम्मान भएकाे बताएका छन् ।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो।

राना थारु समुदायमा होलीपछिको खख्डेहरा पर्व महत्वपूर्ण मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *