स्थानीय आवश्यकता अनुसार गठबन्धन हुन्छ काँग्रेस केन्द्रीय सदस्य: महर

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले  स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन्  ।

कांग्रेसको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’अभियानको शुक्लाफाटा नगर कार्य समितिको आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य महरले गठबन्धन गर्न नगर्ने भन्दा पनि पहिलो प्राथमिकता आन्तरिक एकताको आवश्यक रहेको बताएका हुन् ।

स्थानीय नेता, कार्यकर्ताको आवश्यकता अनुसार गठबन्धन हुने, नहुने बिषयमा पार्टीले टुंगो लगाउने बताए ।कांग्रेसको घरघर अभियानमा जनताको उत्साहजनक सहभागीले रुख चिन्हमा भोट हाल्न बन्चित भएका जनता चुनावमा रुखमा भोट हाल्न आतुर भएको बताए ।

‘स्थिर सरकार,समृद्ध नेपाल र सुखी नेपालीको’ नारा दिएर दुई तिहाई बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ३ बर्षको शासनकाल जनताका आखामा छारो हालेर कम्युनिष्ट नेताहरु अर्बौं रकमको भ्रष्टाचारमा लिप्त र सरकार रहँदा काण्डैकाण्ड गरेको आरोप लगाए  ।

कांग्रेस पार्टीले जनताका माझमा गएर कम्युनिष्ट सरकारले दिएका आश्वासन र भ्रमलाई भण्डाफोर गर्दै कांग्रेस पार्टीले लोकतन्त्र, समावेशीकरण र देश बिकासमा गरेका कामलाई जनतालाई सुचित गरेर कांग्रेसप्रती आकर्षण गराउनु पर्ने बताए । पार्टीले यस जागरण अभियानका माध्यमबाट स्थानीय देखि केन्द्रका आवश्यकतालाई समेटर कांग्रेस पार्टीको घोषणा पत्र तयार गरिने बताए ।

नेता महर मंगलबार कञ्चनपुर क्षेत्र नम्बर- २ का विभिन्न कार्यक्रममा व्यस्त रहे । विभिन्न कार्यक्रममा माओवादी केन्द्र र एमाले पार्टीका नेता कार्यकर्ताले पार्टी परित्याग गरि कांग्रेस पार्टीमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *