लालझाडीको रानाथारु संग्राहलयमा भ्रष्टाचार भएको भन्दै काँग्रेसले लगायाे ताला

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाको लालझाडी गाँउपालिकामा रहेको राना थारु संग्राहलमा भ्रष्टाचार भएको भन्दै नेपाली काँग्र्रेसले तालाबन्दी गरेको छ ।

नेपाली काँग्रेस लालझाडी गाँउ समितिले आइतबार संग्राहलयमा तालाबन्दी गरेको हो । संग्राहलयमा आएको ३ लाख ५० हजार बजेटमा संग्राहलयका संयोजक डिठ्ठा नेतृत्वमा भ्रष्टाचार भएको भन्दै तालाबन्दी गरिएको छ ।

लालझाडी गाँउपालिका सभापति श्रीकृष्ण रानाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संग्राहलमा आएको बजेट भ्रष्टाचार भएकाले बेरुजु सुचना टाँस्न एक साताका लागि चेतावनी पत्र दिएको छ ।

भनिएकाे माग पूरा नभए वा वेवास्ता गरेमा शसक्त ढंगले आन्दाेलनमा उत्रने गाउँ सभापति रानाले बताउनु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *