तराईका जिल्लामा आज धुमधामसँग होली मनाइँदै

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ । आपसमा रङ र अबिर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो पर्वमा एक आपसमा रङ र अबिर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । होली मनाइने तराईका जिल्लामा आज सार्वजनिक बिदा छ ।

जनकपुरधाममा भने भोलि होली मनाइने भएको छ । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने परम्परा रहेकाले त्यहाँ भोलि होली मनाउन लागिएको हो।

हिजोे जनकपुरधाम पुगेको परिक्रमा आज अन्तर्गृह परिक्रमा गर्ने छ र भोलि होली मनाइने छ ।काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा भने हिजो होली मनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *